विराटनगर जुट मिल पुन सञ्चालनका लागि दवाब

विराटनगर जुट मिल पुन सञ्चालनका लागि दवाब

नागरिक दवाब समुह रानि मिल्स एरियाले विराटनगर जुटमिल लिजमा दिएर पुन सञ्चालन गर्न तथा मिल्स एरियामा विशेष आर्थिक क्षेत्र निर्माणका लागि सरकारलाई दवाब दिने उद्देश्य साथ अन्तरक्रिया गरेको छ । विराटनगरस्थित रानी युवा क्लबको भवनमा आयोजित उक्त अन्तरक्रियामा नेपाली कांग्रेसका मोरङ जिल्ला अध्यक्ष अमृत अर्याल, नेकपा माओवादीका विनोद पौडेल , एमाले जिल्ला अध्यक्ष विनोद ढकाल, फोरमका सभासद जयराम यादवलगायतले अन्तरक्रियामा बोल्दै जुटमिल पुन सञ्चालनका लागि आफुहरुले हरदम सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् । कार्यक्रममा बुद्धिजिवीहरुको तर्फबाट बोल्दै गौतम बुद्ध स्कुलका प्रिन्सिपल केशव सिङ सुवालले मिल्स एरिया पुन हराबरा हुनु पर्ने बताए । उनले भने यो औद्योगिक स्थानमा उद्योग सञ्चालन भए मात्र हराभरा हुन सक्छ । कार्यक्रममा किशोर सुब्बा, धर्मानन्द सञ्जेललगायतले समेत आफ्नो मन्तव्य राखेका थिए । छठसम्म सरकार जुट मिल लिजमा दिएर पुन सञ्चालन गर्ने प्रक्रियामा सहमति नभए कडा आन्दोलनका कायृक्रम अख्तियार गरिने दवाब समुहको अध्यक्ष आइत बहादुर तामाङलेचेतावनी दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्