कृति विमोचन र कविता प्रतियोगिता सम्पन्न

<span class='c1'>कृति विमोचन र</span> <span class='c2'>कविता प्रतियोगिता सम्पन्न</span>

विराटनगर, २८ असोज । पूर्वाञ्चल साहित्य प्रतिष्ठान र नेपाली कलासाहित्य डट कम प्रतिष्ठान काठमाडौंको संयुक्त आयोजनामा शनिबार विराटनगरमा कृति विमोचन तथा प्रतियोगितात्मक कविगोष्ठी सम्पन्न भएको छ ।
कार्यक्रममा कथाकार रेखबहादुर थापाद्वारा लिखित ‘जीवन्त कथाहरु’ नामक कथासङ्ग्रहको वरिष्ठ कवि एवं प्राज्ञ कृष्णभूषण बल र समालोचक एवं प्राज्ञ दधिराज सुवेदीले संयुक्त रुपमा विमोचन गरेका थिए । विमोचित कृतिका बारेमा समालोचक भूषण ढुंगेलले टिप्पणी गरेका थिए । त्यस्तै कवि दिङ्लाली कान्छोले संस्थाको परिचय प्रस्तुत गरेका थिए । विराटनगर भृकुटी चोकस्थित डा. विमला श्रेष्ठ सभाभवनमा आयोजित कार्यक्रममा प्रतियोगितात्मक र अप्रतियोगित्मक कविगोष्ठीसमेत सम्पन्न भएको थियो । प्रतियोगितामा कवि पुनम अधिकारी प्रथम, दीपक शम्चु द्वितीय र शिवनारायण पण्डित सिंगल तृतीय भएका थिए । पुरस्कृत कविहरुलाई आगामी कात्तिक ४ गते देवकोटा जयन्तीको अवसर पारेर आयोजना गरिने विशेष कार्यक्रममा पुरस्कार तथा प्रमाणपत्र प्रदान गरिने कार्यक्रम रहेको छ । सो अवसरमा डा. विमला श्रेष्ठ, विश्वराज पाण्डे, चूडामणि नेपाल अकिञ्चन, मीनकुमार नवोदित, टेकेन्द्र अधिकारी, सविता गौतम दाहाल, उमेश लुईंटेल, रीता खत्री, मनोज विराली, दिलिप सापकोटा, हरि कट्टेललगायतले अप्रतियोगी रचना वाचन गरेका थिए ।
कार्यक्रममा प्राज्ञ कृष्णभूषण बल, समालोचक दधिराज सुवेदी, पूर्वाञ्चल साहित्य प्रतिष्ठानका अध्यक्ष विवश पोखरेल, कवयित्री राधिका गुरागाईंलगायतले साहित्यको विकासका लागि राज्यले ध्यान दिनुपर्नेमा जोड दिएका थिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्