स्काउटको दीक्षान्त समारोह सम्पन्न

स्काउटको दीक्षान्त समारोह सम्पन्न

विराटनगर, २९ असोज । जिल्ला स्काउट कार्यालय मोरङको आयोजनामा नेपाल स्काउट परोपकार ओपन ट्रुप विराटनगरले सामूहिक दीक्षान्त समारोह सम्पन्न गरेको छ ।
उक्त दीक्षान्त समारोहमा राधाकृष्ण मावि, सार्वजनिक मावि, नरग्राम उमावि, सरस्वती उमावि, परोपकार ओपन ट्रुपका ८० जना स्काउट विद्यार्थीहरू दीक्षित भएका छन् । दीक्षित विद्यार्थीहरूलाई जिल्ला स्काउट कार्यालय मोरङका जिल्ला संगठन आयुक्त गोविन्दकुमार र स्काउट शिक्षिका राधा कार्कीले संयुक्त रूपमा नेपाल स्काउटको ब्याज र सदस्यता ब्याज वितरण गरेका थिए । उक्त अवसरमा राधाकृष्ण माविकी शिक्षिका सुशीला ढकालले ट्रुपका विद्यार्थीहरूलाई स्कार्फ वितरण गरेकी थिइन् ।
दीक्षान्त समारोहमा राधाकृष्ण मावि, परोपकार ओपन ट्रुप र सार्वजनिक मावि ट्रुपले आयुक्त गोविन्दकुमार र रोवरनारायण खवासलाई सम्मान गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्