प्रयास नेपालमा फेरी पनि नेउपाने नै अध्यक्ष

प्रयास नेपालमा फेरी पनि नेउपाने नै अध्यक्ष

विराटनगर, २९८ असोज । सामुदायिक विकास प्रयास नेपाल विराटनगरको आइतबार सम्पन्न २० औं वार्षिक साधारणसभाले पुनः अध्यक्षमा त्रिलोक नेउपानेलाई निर्वाचित गरेको छ ।
साधारणसभाले उपाध्यक्षमा  मथुरा नेपाल, सचिवमा देवीप्रसाद भण्डारी, कोषाध्यक्षमा भारती तिम्सिना र सदस्यहरूमा भाग्यनारायण चौधरी, सुभेष पाल र कल्पना चौधरीलाई चयन गरेको छ । सभाले अध्यक्ष त्रिलोक नेउपानेले प्रस्तुत गरेका वार्षिक प्रगति प्रतिवेदन, आर्थिक वर्ष २०६७/०६८ को लेखा परीक्षण प्रतिवेदन र ५ वर्षे रणनीतिक योजना सर्वसम्मत अनुमोदन गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्