विराटनगरका होटलबाट आठ जोडी पक्राउ

विराटनगरका होटलबाट आठ जोडी पक्राउ

विराटनगर, ३० असोज । मोरङ प्रहरीले विराटनगरका विभिन्न होटल र लजमा चेकजाँच गरेर आठ जोडी युवायुवतीलाई नियन्त्रणमा लिएको छ ।
जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरीले टोलीले सोमबार विराटनगरका विभिन्न लज तथा होटलमा चेकजाँच गर्ने क्रममा आठ जोडी युवायुवती तथा होटल मालिकसमेत फेला पारेको हो । उनीहरुलाई जिल्ला प्रहरी कार्यालय मोरङकमा राखेर अनुसन्धान भइरहेको मोरङका प्रहरी प्रमुख एसपी प्रद्युम्न कार्कीले जनाए ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्