विराटनगरमा प्रहरी दिवस मनाइयो

विराटनगरमा प्रहरी दिवस मनाइयो

विराटनगर, ३० असोज । पुर्व क्षेत्रको शान्ति सुरक्षाको स्थिति विगतका वर्षहरुमा भन्दा यस वर्ष तलनात्मक रुपमा सन्तोषजनक रहेको पुर्व क्षेत्रीय प्रशासक धरणीधर खतिवडाले बताएका छन् । ५६औं प्रहरी दिवसको अवसरमा पुर्व क्षेत्रीय प्रहरी कार्यालय विराटनगरले आयोजना गरेको कार्यक्रममा बोल्दै उनले सो कुरा बताएका हुन् । खतिवडाले अपराधिक क्रियाकलाप र अपराधी निस्तेज पार्ने कार्यमा प्रहरी सक्रिय र सफल रहेकोमा खुसि व्यक्त गरे । उनले भने । प्रहरी दिवसको अवसरमा पुर्वाञ्चल तालिम केन्द्रको चौरमा विभिन्न खेल तथा परेडहरुको आयोजना गरिएको थियो ।
सो कार्यक्रममा प्रमुख जिल्ला अधिकारी सुरेश अधिकारी, प्रहरी नायब महानिरिक्षक सुरेन्द्र बहादुर शाह, प्रहरी उपरिक्षक प्रद्युम्न कार्की, पुर्व क्षेत्र तालिम केन्द्रका समादेशक पुष्प कार्की, सशस्त्र प्रहरी नायब महानिरिक्षक जिवन थापा, पत्रकारहरु , पुर्व प्रहरी, सहिद परिवारलगायतको उल्लेख्य उपस्थिति रहेको थियो ।
कार्यक्रममा प्रहरीहरुले परेडका साथै विभिन्न अनसन्धनात्मक कार्यको नमुनासमेत प्रस्तुत गरेका थिए । कुकुरहरुको प्रयोग गरेर अपराधी खोज्ने, विभिन्न क्षेत्रमा लुकाइ राखेको लागु औषध तथा विस्फोटक पदार्थ पता लगाउने कार्यको समेत नमुना प्रस्तुत गरिएको थियो ।
प्रहरी दिवसको अवसरमा आयोजित विभिन्न प्रतियोगिताहरुमा प्रहरी जवान तथा अतिथिहरु सहभागि भएका थिए । यसै अन्तर्गत किलो फाइट प्रतियोगितामा प्रहरी जवान सुरज चौधरी प्रथम भएका थिए । पुर्व क्षेत्रीय प्रहरी कार्यालयका प्रहरी र पुर्व क्षेत्रीय तालिम केन्द्रका प्रहरी जवानहरुबिच सञ्चालन भएको रस्साकस्सी प्रतियोगितमा २–१ सेटको अन्तरमा पुर्व क्षेत्रीय तालिम केन्द्रका जवानहरु विजयी भए । त्यसै गरि चिल्लो तेल दलेको बाँसको टुप्पोमा कुखुरा र पैसा राखेर खेलाइएको बाँस चढ्ने खेलमा टुप्पोको कुखुरा झिक्न प्रहरी परिचर कुमार बस्नेत सफल भए ।
प्रतियोगिताको क्रममा अतिथिहरुको लागि आयोजना गरिएको घँडा फुटाउने खेलमा पत्रकार महानन्द सापकोटा घडा फुटाउन सफल भएर विजेता बने । विजयी प्रहरी तथा पत्रकार खेलाडीलाई क्षेत्रीय प्रशासक धरणीधर खतिवडा, प्रहरी नायब महानिरिक्षक सुरेन्द्र बहादुर शाह, सशस्त्र प्रहरी नायब महानिरिक्षक जिवन थापालगायतले पुरस्कार तथा सम्मान पत्र प्रदान गरेका थिए ।
कार्यक्रममा वर्ष भरि प्रहरीले सञ्चालन गरेको काम कारबाहिमा विभिन्न क्षेत्रमा रहि उत्कृष्ठ सेवा तथा कार्य प्रस्तुत गर्ने विभिन्न पदका प्रहरीहरुलाई पुरस्कार तथा प्रशंसा पत्र गरिएको थियो । सो अवसरमा सहिद प्रहरीको परिवारका सदस्यहरुलाई समेत सम्मान गरिएको थियो । 
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्