तङइलमुदो एशोसिएसनको समिति गठन

तङइलमुदो एशोसिएसनको समिति गठन

विराटनगर, १ कात्तिक । जुडो, कराँतेलगायतका मार्शल आर्टसँग सम्बद्ध खेलहरुका खेलाडिहरुको सञ्जालको रुपमा ‘तङइलमुदो एसोसिएसन नेपाल’को मोरङ जिल्ला कार्य समितिको गठन भएको छ । मंगलबार डिके विश्वासको अध्यक्षतामा उक्त नव समिति गठन भएको हो । नव गठित समितिको उपाध्यक्षमा रत्नेस झा, सचिवमा राजन घिमिरे, सहसचिवमा मनोज चौधरी, कोषाध्यक्षमा सुनिता चौधरी रहेका छन् । त्यसै गरी सदस्यहरुमा रिना तामाङ, कनैयालाल राजवंशी, स्यामकुमार चौधरी, रामचन्द्र राजबंशी, सुनिता राजवंशी, सिव कुमार राजवंशीलगायत छन् ।
युपिएफ भवनमा आयोजित समिति गठन कार्यक्रममा तङइलमुदो एसोसिएसनका केन्द्रिय सदस्य विक्रम लामा, केन्द्रिय प्रशिक्षक सुर्य कुमार राई, विश्व शान्ति परिषदका जिल्ला अध्यक्ष तिर्थराज घिमिरेलगायतको उपस्थिती रहेको थियो । उक्त अवसरमा मार्शल आर्टका खेलाडिहरुको समेत सहभागि भएका थिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्