१७ बोरा अवैध सुर्ती बरामद

१७ बोरा अवैध सुर्ती बरामद

विराटनगर, १ कात्तिक । सशस्त्र प्रहरी भन्सार राजस्व गस्ती र जिल्ला प्रहरी कार्यालय मोरङको प्रहरीको संयुक्त टोलीले विराटनगर–१५ सरोचियाबाट अवैध सुर्ती बरामद गरेको छ ।
स्थानीय हेमा भट्टराईको घरमा लुकाई राखिएको १७ बोरा सुर्ती टोलीले पक्राउ गरेको हो । पक्राउ गरिएको सुर्ती मंगलबार नै प्रहरीले भन्सार कार्यालय विराटनगरमा बुझाइएको मोरङका प्रहरी प्रमुख एसपी प्रद्युम्न कार्कीले जानकारी दिए । घरधनी नभेटिएकाले सुर्ती कसले राखेको भन्ने विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
त्यसैगरी चेकजाँचका क्रममा विराटनगरको पुष्पलाल चोकमा पाँच बोरा पोटास मल प्रहरीले पक्राउ गरेको छ । भन्सार छलेर अवैध रूपमा भारतबाट ल्याइएको उक्त मल आवश्यक कारबाहीपछि भन्सार कार्यालयमा बुझाइने मोरङ प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्