मर्मत नगर्दा तिहारको मुखमा विराटनगरका सडक अन्धकारमय

मर्मत नगर्दा तिहारको मुखमा विराटनगरका सडक अन्धकारमय

विराटनगर, १ कात्तिक । बत्ती र फूलको चाड तिहार नजिकिँदै जाँदा विराटनगर उपमाहनगरपालिकाको सडकबत्ती लामो समयदेखि मर्मत हुन नसक्दा सडक भने अन्धकार भएको छ ।
नगरको अधिकांश वडामा सडकबत्ती मर्मत नगरेको हुनाले चिमहरू बल्ने अवस्थामा छैनन् । चालु आर्थिक वर्षको विद्युत बजेटमा नगरपालिकाले भारि कटौती गरेपछि सडकबत्ती बल्न नसकेको हो । नगरपािलकाको विद्युत शाखा प्रमख अनिल सिहंका अनुसार हाल नगरका २२ वडामा १७ हजार पोलमध्ये ७ हजारमा मात्र सिएफल चिम जडान गरिएको छ । गएको वर्षमा उपमहानगरपालिकाले ९० लाख रूपैयाँ सडकबत्तीका लागि विनियोजन गरेको थियो । चालू आर्थिक वर्षमा भने ३० लाख रूपैयाँमात्र विनियोजन गरिएको छ । नगरपालिकाले करिब डेढ वर्षअघि नगर क्षेत्रको २२ वटै वडामा सिएफएल चिम जडान गरिसक्ने लक्ष्य लिएको थियो । बाँकी रहेको पोलमा ६० वाट क्षमताका बल्भ रहेकाले बढी विद्युत् खपत हुने गरेको छ । नगरपालिकाले विद्युत खपत कम गर्न सबै वडाका पोलमा सिएफल चिम लगाउने तयारी गरिरहेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्