पुर्वाञ्चल विश्वविद्यालय परिक्षा नियन्त्रकको कार्यालयमातालाबन्दी

पुर्वाञ्चल विश्वविद्यालय परिक्षा नियन्त्रकको कार्यालयमातालाबन्दी

विराटनगर, ३ कात्तिक । पुर्वाञ्चल विश्वविद्यालय अन्तर्गतका विभिन्न संकायका परिक्षाफल समयमा प्रकाशित नगरेको भन्दै विभिन्न विद्यार्थी संगठनहरुले पुर्वाञ्चल विश्वविद्यालय परिक्षा नियन्त्रकको कार्यालयमा अनिश्चितकालिन तालाबन्दी गरेका छन् । परिक्षाफल प्रकाशनका लागि गरिएको छलफलपछि पनि परिक्षाफल प्रकाशनका लागि लापरबाहि गरेको भन्दै संगठनहरुले तालाबन्धि गरेका छन् । उनीहरुले पुर्वाञ्चल विश्वविद्यालयले परिक्षालाई मर्यादित, पारदर्शि तथा अनुशासित बनाउने , नसकेको आरोप समेत लगाए । पुर्वाञ्चल विश्वविद्यालयका आंगिक तथा सम्बन्धन प्राप्त कलेजहरुमा वितरण गरिने १० प्रतिशत छात्रवृतिमा चलखेल बन्द गर्ने लगायतका विषयमा यस अघि भएको सम्झौताहरु कार्यान्वयन नगरेको भन्दै आफ्ना जायज माग पुरा नगरेसम्म तालाबन्दी नखोल्ने नेविसंघका केन्द्रिय समिति अध्यक्ष प्रफुल थापाले बताए ।
तालाबन्दी गर्ने विद्यार्थी संगठनहरुमा अखिल नेपाल विद्यार्थी संगठन, मधेशी विद्यार्थी फोरम लोकतान्त्रीक, नेपाल लोकतान्त्रिक विद्यार्थी फ्रन्ट , अनेरास्ववियु, मधेशी विद्यार्थी फोरम रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्