युथ फर ब्लडले शुभकामना साथै रक्तदाताहरुलाई सम्मान कार्यक्रम गर्ने

युथ फर ब्लडले शुभकामना साथै  रक्तदाताहरुलाई सम्मान कार्यक्रम गर्ने

विराटनगर, ३ असोज । युवाहरुलाई रक्तदानका लागि प्रेरित गर्ने समुह युथ फर ब्लडले रक्तदाता तथा रगत लिने बिरामीलाई एक स्थानमा जम्मा पार्ने भएको छ । कात्तिक ५ गते शनिवार गुरुकुल विराटनगरमा एक कार्यक्रम गरि समुहले उक्त जमघट गर्न लागेको हो ।
‘तिहार तथा छठको शुभकामना दिनुका साथै समुहमा आवद्द भई रगत दिने रक्तदाताहरुलाई सम्मान गर्न लागेका हौ ।’ समुहका स्वयम्सेविका अनुशा न्यौपानेले बताइन् ।
युवाहरुको सक्रियतामा स्थापना गरिएको सो समुहले विगत ४ महिना देखि विराटनगर, काठमाडौलगायत देशको विभिन्न स्थानमा रगतको आवश्यकता परेका विरामीहरुलाई ताजा रक्तदाताको व्यवस्था गरि रगत उपलब्ध गराउदै आएको छ । कम्प्युटरको सामाजिक सञ्जाल, वेवसाइट तथा टेलिफोनलाई आधार बनाई हालसम्म प्रभावकारी कार्य गर्दै आएको छ । साथी समुह युथ फर ब्लडले हालसम्म ४५ भन्दा बढि विरामीहरुलाई ताजा रगत उपलब्ध गराइसकेको यस समुहका स्वयम्सेवक सचिन मिश्रले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्