संवाद कार्यक्रम सम्पन्न

संवाद कार्यक्रम सम्पन्न

विराटनगर, ३ कात्तिक । सामुदायिक विकास एवम् जन सहयोग मञ्च र सृजनात्मक अनतराष्ट्रिय मञ्च काठमाडौंले संयुक्त रुपमा सामाजिक सम्वाद कार्यक्रम आयोजना गरेका छन् । कार्यक्रममा नेपाली समाजको समस्या तथा सुधार गर्नु पर्ने विषयमा छलफल तथा सम्वाद गरिएको थियो । कार्यक्रममा प्रमुख अतिथि तथा जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी निरिक्ष्ँक चिरिन्जीवी कोइरालाले नेपालमै थुप्रै अवसर तथा सम्भावनाहरु रहेकाले विदेश गइरहनु पर्ने आवश्यकता नभएको विचार व्यक्त गरेका थिए । सो अवसरमा कार्यक्रमका सभापति तथा मञ्चका अध्यक्ष योगबहादुर सब्काले सहभागीहरुलाई तिहार तथा छठ पर्वको सुभकामना व्यक्त गरेका थिए । कार्यक्रममा गौतमबुद्ध उमाविका संस्थापक प्रिन्सिपल केशवलालसिह सुवाल, मञ्चका संयोजक श्रेष्ठलगायतका सहभागीहरुले मानव अधिकार र वेरोजगारी समस्याको समाधानका बारेमा आफ्नो विचार राखेका थिए । कार्यक्रमको संचालन मञ्चका सहसचिव अर्जुन कुमार क्षेत्रीले गरेका थिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्