कांग्रेस बरिष्ठ नेता बिराटनगरमा

कांग्रेस बरिष्ठ नेता बिराटनगरमा

विराटनगर, ४ कात्तिक । नेपाली कांग्रेसका वरिष्ठ नेता एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले माओबादीलाई विश्वास गरेर सेना समायोजन गर्न नसकिने बताउनु भएको छ । विराटनगर विमानस्थलमा आज संचारकर्मीस“ग कुरा गर्दै देउवाले सेनालाई भने विश्वास गरेर समायोजन गर्न सकिने बताउनु भयो । सेना भित्र अर्को सेना नहुने बताउदै उहा“ले माओबादीले चाहे जस्तो नहुने उल्लेख गर्नु भयो । समायोजन गरिने सेनाको संख्याका सम्बन्धमा भने सहमति हुन सक्ने देउवाको आशय थियो । सेना समायोजनपछि तह निर्धारणमा पनि माओबादीले चाहे जस्तो नहुने दाबी गर्दै नेता देउवाले सेनाको मापदण्ड अनुसारनै तह निर्धारण हुने धारणा राख्नु भयो । हतियार र सेनाको ब्यवस्थापन भएपछि मात्रै शान्ति प्रकृया पुरा हुने जानकारी दिदै नेता देउवाले शान्ति प्रकृयाको थलनि भएपनि काम पुरा हुन समय लाग्ने स्पष्ट पार्नु भयो । प्रधानमन्त्री बाबुराम भट्टराई भारतबाट फर्किएपछि शान्ति प्रकृयाका बारेमा पुनः कुरा हुने उहाले बताउनु भयो । पार्टीका भातृ संगठनहरुको बिगठनका सम्बन्धमा नेता देउवाले बहुमतको गरेको निर्णय सही नभएको बताउनु भयो । उहा“ले बहुमतले पुरुषलाई महिला भनेर निर्णय गरेपनि पुरुष महिला नहुने तर्क राख्नु भयो । पार्टीका जिल्ला सभापतिहरुको भेला छिट्टै  राखिने पनि देउवाले जानकारी दिनु भयो । पार्टी भित्रको बिवाद सम्बन्धि प्रश्न राखिएपछि पत्रकारहरुसग कुरा गर्न छाडेर हिड्नु भएका देउवा शौचालयमा पसेर केही बेर सोचेपछि पुनः कुराकानी गर्न तयार हुनु भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्