कम्प्युटर तालिमको समापन

कम्प्युटर तालिमको समापन

विराटनगर, ७ कात्तिक । भाथिगछ गाविसमा कात्तिक १ गतेदेखि सुरु भएको ‘युवा क्षमता विकासको लागि सुचना प्रविधि’ भन्ने नाराका साथ आयोजना गरिएको कम्प्युटर तालिमको सोमबार समापन भएको छ । युवा क्षमता विकास तदर्थ समितीको आयोजनामा सुरु भएको कम्प्युटर तालिममा भाथिगछ गाविसका ३० जना युवाहरुको सहभागिता रहेको थियो ।
सोमबार भएको समापन कार्यक्रममा रामनारायण राजवंशीले स्वागत मन्तव्य राखेका थिए । कार्यक्रमका प्रमुख अतिथि तथा स्थानीय विकास अधिकारी बाबुराम गौतमले भाथिगछका युवाहरुले तालिम आयोजना गरेर उदाहरणीय कार्य गरेको बताए । उनले युवाहरु यसरी नै एकजुट भएमात्र देश विकासको पथमा उक्लने विचार व्यक्त गरे । कार्यक्रममा मन्तव्य राख्दै तालिमको संयोजन गर्ने ईआइसी नेपालका अध्यक्ष तथा प्रशिक्षक राजन लम्सालले तालिमले युवाहरुलाई सिकाएको ज्ञानलाई खेर नफाली भातिगछका युवाहरुले त्यसको सहि सदुपयोग गरि आगामी दिनमा यस्तै कार्यक्रमहरु आयोजना गर्नेछन् भनी विश्वास व्यक्त गरे । कार्यक्रममा युवा तथा प्रविधिको कार्यमा क्रियाशिल निर्मल तामाङ, क्यान इन्फोटेक मोरङका अध्यक्ष सन्तोष दाहाल, लिडर्सका बसन्त अधिकारीलगायतले मन्तव्य राखेको थिए ।
समापन कार्यक्रममा तालिममा सहभागी युवा तथा प्रशिक्षकहरुलाई प्रमुख अतिथि बाबुराम गौतम र निर्मल तामाङले प्रमाण पत्र वितरण गरेका थिए । तालिम सञ्चालनमा सहयोग गर्ने विभिन्न संस्था तथा व्यक्तिहरुलाई आयोजकले मायाको चिनो प्रदान गरेको थियो ।
कार्यक्रममा स्थानीयवासीन्दाले साँस्कृतिक महत्व बोकेको जटाजटीलगायतका झाँकी तथा नृत्यसमेत प्रस्तुत गरेका थिए ।
समापन कार्यक्रमको सञ्चालन कार्यक्रम संयोजक तथा युवा पाइलाका अध्यक्ष बद्रि प्रसाद राजवंशीले गरेका थिए । जिल्ला विकास समिति मोरङ, भातिगछ गाविस, मेगाटेक, क्यान मोरङ, विराट इन्फोटेकलगायतको सहयोगमा आयोजित तालिमलाई ईआइसी नेपालले प्राविधिक संयोजन गरेको थियो । तालिममा प्रशिक्षार्थीहरुलाइ ईआइसी नेपालका राजन लम्साल, केशव भण्डारी, अनुप न्यौपाने, पंकज सुवेदी, सरोज तामाङलगायतले तालिम दिएका थिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्