कवयित्री जंगलको एकल कविता वाचन

कवयित्री जंगलको एकल कविता वाचन

महाकवि लक्ष्मीप्रसाद देवकोटाको १०३ औं जन्मजयन्तीको अवसर पारेर देवकोटा पुस्तकालयले कवयित्री ज्योति जंगलको एकल कविता वाचन कार्यक्रम सम्पन्न गरेको छ ।
पुस्तकालयको प्राङ्गणमा सोमबार आयोजित कार्यक्रममा कवयित्री जंगलले आफ्ना लोकप्रिय कविताहरू बेपत्ता मौसम, मेरो हिसाब, क्यान्टोनमेन्टबाट, नानी बगरमा सुताएर फर्किएकी आमालाई, मरुभूमिको घामसँग, म आत्महत्या गर्दिन, निरबन्ध, तिम्रो पराजय, ताजमहलबाट फर्कंदा, लैजान, मनको साथी, तिमीले छाडेको शरीर अगाडि, बाटोमा एउटा यात्रीलगायत १५ वटा कविता वाचन गरेकी थिइन् ।
त्यस्तै बिहानका चराहरू विवश पोखरेलले, हतारको यात्रीलाई राधिका गुरागाईंले, घाइते सिपाहीलाई मनु मञ्जिलले वाचन गरेर कवयित्री जंगललाई सघाएका थिए । कार्यक्रममा गण्डकीपुत्रले यो ठट्टा होइन, शुभलक्ष्मी लम्सालले यो सहर शीर्षकको कविता पढेर उनलाई पालो दिएका थिए । विभिन्न पुरस्कारबाट पुरस्कृत जंगलका पहाडको मन कवितासङ्ग्रह र अक्षरमा तिमी गजलसङ्ग्रह प्रकाशित भइसकेका छन् । पुस्तकालयले हरेक वर्ष महाकवि देवकोटाको जन्मजयन्तीको अवसर पारेर एकल कविता वाचन कार्यक्रम गर्दै आएको छ ।
सो अवसरमा वरिष्ठ कवि कृष्णभूषण बल, समालोचक दधिराज सुवेदी, पुस्तकालयका अध्यक्ष सुबोध निरौला, आरोहण गुरुकुलका अध्यक्ष भैरव क्षेत्री, वरिष्ठ कलाकार गोपाल कलाप्रेमीलगायलते नेपाली साहित्यमा महाकवि देवकोटाले पु¥याएको योगदानको चर्चा गरेका थिए । एकल कविता वाचनको संयोजन पुस्तकालयका लोमश घिमिरेले गरेका थिए । मंगलबार (आज) वरिष्ठ समालोचक दधिराज सुवेदीको अभिनन्दन कार्यक्रम राखिएको अध्यक्ष निरौलाले जनाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्