ज्ञानेन्द्रलाई फाँसीको सजाय सुनाउने जनआन्दोलनका न्यायधिसको निधन

ज्ञानेन्द्रलाई फाँसीको सजाय सुनाउने जनआन्दोलनका न्यायधिसको निधन

विराटनगर, १४ कात्तिक । वरिष्ठ अधिवक्ता तथा प्रजातन्त्रका सेनानी विरबहादुर थापाको आइतबार राति ८४ वर्षको उमेरमा कोशी अञ्चल अस्पताल विराटनगरमा निधन भएको छ । उहाँ लामो समय देखि रक्तअल्पताबाट पिडित हुनुहन्थ्यो । उहाँको दिल्ली, काठमाडौं, धरान र विराटनगरमा उपचार गरिएको थियो । २००७ सालको क्रान्तिदेखिनै प्रजातान्त्रिक आन्दोलनमा सक्रिय थापा ०६२/६३को जनआन्दोलनका बेला विराटनगरको जनआन्दोलन चौकमा भएको प्रतिकारात्मक खुल्ला इजलासमा न्यायधिशको भुमिका निर्वाह गरि तत्कालिन राजा ज्ञानेन्द्रलाई फाँसीको सजाय सुनाए पछि प्रहरीको निगरानीमा समेत पर्नु भएको थियो ।
संखुवासभाको सितलपाटीमा जन्मनु भएका थापाले २००५ सालमा स्रेस्ता पाठशाला काठमाडौंबाट ११ कक्षा पास गर्नु भएको थियो । उहाँ २००७सालको क्रान्ति जुलुसमा काठमाडौंमा सक्रिय सहभागी भई २०१० सालदेखि नेपाली काँग्रेसमा सक्रिय हुनुहुन्थ्यो । २०३६सालको जनमत संग्रहमा संखुवासभाको हेदाङनामा सक्रिय भई बहुदलको पक्षमा ७० प्रतिशत मत खसाउनु भएको थियो । थापा नेपाली कांग्रेस मोरङको २०५५मा कार्यबाहक सभापति, पुर्व कोषाध्यक्ष एवम् पुर्व वरिष्ठ सल्लाहकार रहिसक्नु भएको छ । २०१५साल देखि कानुन व्यवसायमा प्रवेश गर्नुभएका थापा मोरङ बारका संस्थापक कोषाध्यक्ष, पुर्व अध्यक्ष र हाल पार्सद एवम् सल्लाहकार हुनुहून्थ्यो । उहाँ अधिवक्ता प्रबर्धन समितीका केन्द्रिय संयोजक समेत हुनुहुन्थ्यो । उनका एक श्रीमती, पाँच छोरा र तिन छोरी हुनुहुन्छ । उहाँको पार्थीव शरिरलाई श्रद्धान्जलीका लागि आज दिउसो ११ बजेदेखि १ बजेसम्म मोरङ बार परिसरमा राखिएको थियो भने १ बजेदेखि नेपाली कांग्रेसको पार्टि कार्यालयमा श्रद्धाञ्जलीका लागि राखिएको छ । उहाँको पार्थीव शरिरमा नेपाली कांग्रेसकि कोषाध्यक्ष चित्रलेखा यादवले पार्टिको झण्डा ओडाउनु भएको थियो । उहाँको आजै विराटनगर १ स्थित परोपकार घाटमा दाह्संस्कार गरिने पारिवारिक स्रोतले बताएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्