जिल्ला प्रशासन कार्यालय मोरङमा बृक्षारोपण

जिल्ला प्रशासन कार्यालय मोरङमा बृक्षारोपण

विराटनगर/१३ कात्तिक आइतवार| चमेराको संरक्षणका लागि विराटनगरस्थित मोरङको जिल्ला प्रशासन कार्यालयको क्वाटर परिसरमा आइतवार वृक्षरोपण गरिएको छ । साना स्तनधारी संरक्षण तथा अनुसन्धान फाउडेशनको आयोजनामा गरिएको वृक्षरोपणको मोरङका प्रजिअ सुरेश अधिकारीले कदमका विरूवा रोपेर उद्घाटन गर्नुभयो ।
जिल्ल प्रशासन हाता माइक्रो चिरोप्टेरा चमेराको ठूलो समूहको वासस्थानका रूपमा रहिआएको छ । फलफूललाई आहार बनाउने यहा“ करीव एक हजार चमेराले आश्रय लिएका छन् । आहारा र वासको विनाशका कारण संकटमा परेका चमेराका लागि सञ्चारकर्मी भीम घिमिरेको पहलमा फाउण्डेशनले वृक्षरोपण कार्यक्रम गरेको हो । प्रकृतिको पर्यावरणीय चक्रमा सहयोग गर्ने चमेराको संरक्षणका लागि फल फल्न कदम र अम्बाका ३० वटा विरूवा रोपिएको फाउण्डेशनका पुर्वाञ्चल संयोजक दिव्यराज दाहालले बताए । उनले भने ‘केरामा लाग्ने रोगको रोकथामका लागि चलाइने फरेट भन्ने विषादिले चमेरालाई हानि गर्छ । खानेकुरा नजिक पाए चमेरा मर्दैन । त्यसैले विरूवा रोपेका हौ ।’ उनका अनुसार चमेराले फल फल्ने विरूवाका फूलमा परागसेचनका लागि मद्दत गर्ने भएकाले यसको उपयोगिता धेरै छ ।
कार्यक्रममा मोरङका प्रजिअ अधिकारीले वृक्षरोपणले चमेराको संरक्षणमा सघाउ पुग्ने भएकाले जोगाउन सबैले पहल गर्नुपर्ने बताए । कार्यक्रममा विराटनगरका सञ्चारकर्मीहरूले विरूवा रापेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्