कवि मन्जिलसँग अन्तरक्रिया हुने

कवि मन्जिलसँग अन्तरक्रिया हुने

विराटनगरमा युवाहरूले कवि मनु मन्जिलसँग अन्तरक्रिया गर्ने अवसर पाउने भएका छन् ।
कात्तिक १७ गते प्रोग्रसिभ लिटरली सोसाइटीले आयोजना गर्न लागेको अन्तरक्रिया कार्यक्रममा उनीहरूले यस्तो अवसर पाउने भएका हुन् । कवि मन्जिलले युवाहरूसँग पत्रकार महासंघ मोरङको सभाहलमा करिब दुई घन्टा साहित्यसम्बन्धी कुराकानी गर्ने तथा युवाहरूको जिज्ञासाको समाधान गर्नेछन् । सोसाइटीको मोरङ संयोजक लालबहादुर चौधरीका अनुसार उक्त अवसरमा विराटनगरका स्थानीय चित्रकार धनिन्द्र मगरका चित्रहरू पनि देखाइनेछ ।
पढ्ने बानी विकास गर्नका लागि गठित उक्त सोसाइटीले विगत चार महिनादेखि काठमाडौंमा साहित्यिक कार्यक्रमहरूको आयोजना गर्दै आएको छ । “यो कार्यक्रम युवाहरूलाई साहित्यतर्फ आकर्षित गर्ने उद्देश्यका साथ गर्न लागेका हौं,” सोसाइटीका केन्द्रीय संयोजक केन सुवेदीले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्