आफैलाई पेस्तोल हानेर प्रहरी जवानद्धारा आत्महत्या

आफैलाई पेस्तोल हानेर प्रहरी जवानद्धारा आत्महत्या

विराटनगर, कार्तिक १७ । प्रहरीको सीआरभी टोलीमा कार्यरत एक प्रहरी जवानले आज बिहान पेस्तोल हानेर आत्महत्या गरेका छन् । विराटनगरको साल्ट ट्रेडिङ चोकमा सिआरभी टोलीमा ड्युटिमा रहेका विराटनगर –२० रानी घर भएका २८ वर्षीय प्रहरी जवान सञ्जय लामिछानेले आत्महत्या गरेका हुन् ।
 बिहान साढे ५ बजे ड्युटीमा रहेकै अवस्थामा सुरक्षाका लागि गाडिमा राखिएको पेस्तोल निकालेर छातिमा गोली हानेको मोरङ प्रहरीले जनाएको छ । प्रहaरी जवान लामिछाने सिआरभी भेन चालक थिए । उनको शव पोष्टमार्टमका लागि कोशी अञ्चल अस्पताल विराटनगरमा राखिएको छ । आत्महत्याको कारण खुलेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्