अनुगमन तालिम सम्पन्न

अनुगमन तालिम सम्पन्न

विराटनगर, १८ कार्तिक | राष्ट्रिय मानवअधिकार आयोग क्षेत्रीय कार्यालय विराटनगर र ओरेक नेपालले संयुक्त आयोजनामा सुरु भएको आर्थिक, सामाजिक र साँस्कृतिक अधिकारको सूचांकको प्रयोगद्वारा अनुगमन गर्ने तालिम समापन भएको छ ।
ओएचसिएचआरको सहयोगमा गरिएको तालिममा पूर्वाञ्चलका ६ जिल्लाका प्रतिनिधिहरुको सहभागिता रहेको थियो । आर्थिक, सामाजिक र साँस्कृतिक अधिकार सम्बन्धि महासन्धि १९६६ को अनुगमन सम्बन्धि तालिममा पूर्वाञ्चलका ताप्लेजुङ, झापा, सुनसरी, इलाम, उदयपुर र सप्तरीका ३० जनाको सहभागिता रहेको थियो ।
तालिममा ओएचसिएचआरका दिप गुरुङ, मानबअधिकार आयोगका क्षेत्रीय प्रमुख कोषराज न्यौपाने र मानवअधिकार अधिकृत नन्दकिशोर प्रसाद यादवले सहजिकरण गरेका थिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्