नोबेल अस्पतालको लापरबाहिले महिलाको मृत्यु

नोबेल अस्पतालको लापरबाहिले महिलाको मृत्यु

खुट्टाको शल्यक्रिया गर्दागर्दै शुक्रबार साँझ नोबेल अस्पतालमा एक महिलाको मृत्यु भएको छ । सप्तरीको धरमपुरबाट खुट्टा भाँचिएर आएकी ७० वर्षीय शारदा तिम्सिनाको मृत्यु भएको हो । मृतकका आफन्तले डाक्टरको लापरबाहीले शारदाको मृत्यु भएको दाबी गरेका छन् ।
शारदाको खुट्टाको शल्यक्रिया डा. प्रकाश सिटौला र डा. सञ्जय शाहले गरेका थिए । उनलाई नोबेल अस्पतालमा ११ दिनसम्म भर्ना गरेर शुक्रबार शल्यक्रियाका लागि अपरेसन थिएटरमा लगिएको थियो । ‘अपरेसन थिएटरमा लैजानुअघि उहाँको स्थिति रामै्र थियो’, आफन्त बाबुराम तिम्सिनाले भने, ‘हामीले यस्तो हुन्छ भन्ने सोचेका पनि थिएनौं । उहाँको मृत्युमा डाक्टरको हेल्चेक्र्याइँ र लापरबाहीभन्दा अर्को कारण हुनै सक्तैन ।’
अस्पताल प्रशासनले तिम्सिनाको उमेर धेरै भएकाले उनलाई बेहोस गर्दा होस नफर्केको जनाएको छ । बुढाबुढी, शारीरिक रूपमा कमजोर, मुटु र दमका रोगीलाई अपरेसनका लागि बेहोस बनाउँदा यस्तो समस्या आइपर्ने अस्पतालका एक अधिकारीको दाबी थियो ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्