चिया पसलमा धुम्रपान निषेध लागु गर्दै शर्मा दम्पत्ती

चिया पसलमा धुम्रपान निषेध लागु गर्दै शर्मा दम्पत्ती

सार्वजनीक  स्थानमा धुम्रपान गर्न कानुन वनाएरै निषेध गरिएको भएपनि धेरै स्थानहरुमा व्यावहारिक कार्यन्वयन भएको नपाईए पनि  विराटनगर १४ नील सदनमा रहेका एक चिया नास्ता पसलका दम्पती मनोज शर्मा र सुनिता शर्माले भने आफनो पसलमा धुम्रपान निषेध गरेर अनुकरणीय कार्य गरेका छन । 
      एउटा सटर भाडामा लिएर चार चार जना वस्न मिल्ने ३ वटा टेवुल राखेर चिया र आलु परौठा मात्रै वेच्दै आएका ती दम्पत्तिले आफनो पसलभित्र कसैलाई पनि धुम्रपान गर्न दिदैनन ।  पसलभित्र धुम्रपान निषेध गराउन लागिपरेका उनीहरुकोमा चिया नास्ता खान जाने ग्राहकहरु कसैले पनि पसलको टेवलमा वसेर धुम्रपान गर्न पाउँदैनन । धुम्रपान गर्नेहरुले पसल वाहिर नगै धरै पाउँदैनन ।
        चिया नास्ता पसललाई धुम्रपान गरेर गफ चुटने केन्द्र पनि भन्नेगरिन्छ ।   धेरै चिया नास्ता पसलेहरुले ग्राहकको सन्तुष्टिकालागि भन्दै चुरोट मात्रै नभएर खुटखा र अर्को सुर्तिजन्य अम्मल खैनी समेत राखेर वेच्ने गर्दछन । तर चारवर्ष देखी होटल संचालन गर्दै आएका मनोज र सुनिताले भने पसलमा चुरोट गुटखा र खैनी केही पनि वेच्ने गरेका छैनन । नत उनिहरु वाहिरवाट ल्याएर पसलभित्र चुरोट पिउन नै दिन्छन ।
  पहिले पसलमा चिया पिउन आउनेहरुलाई उनीहरु सिगरेट पनि वेच्ने गर्दथे । तर धुम्रपान गर्ने युवाहरु सानो पसलमा घण्टौ वसेर गफ गरिदिने र चुरोटको धुवाँले गर्दा अन्य ग्राहकहरु पनि भागीदिन थालेपछि दम्पत्तिमिलेर चुरोट वेच्न वन्द मात्रै गरेनन , कसैले पनि पसलभित्र वसेर चुरोट पिउन नपाउने उर्दी नै जारी गरे । यसकालागि उनीहरुले पसलको भित्तामा धुम्रपान निषेध भनेर कागजमा लेखेर टाँसेका छन । र उक्त्त नियम दुवैजना मिलेर कडाईकासाथ लागू पनि गराएका छन । 
      कसैले आफैले ल्याएको चुरोट सल्काएर पिउन थालेपनि उनीहरु कडा प्रतिवाद गर्दै वाहिर गएर पिउन आग्रह गर्ने गर्दछन । मनोज र सुनिता भन्छन , पहिले त धेरै जनासँग भित्र धुम्रपान नगर्न भन्दा झगडा नै परयो तर अव त नियमीत ग्राहकहरु वानी परिसकेका छन । ,,  उनीहरुका  अनुसार पसलभित्र धुम्रपान पुर्णरुपमा निषेध भएपछि आजकल नयाँ नयाँ ग्राहक पनि आउन थालेका छन  र पसलको विक्रि पनि वढेको छ । ,, उनिहरुकोमा कलेज पढने विद्यार्थी , पसल र ईन्स्टिच्युटमा काम गर्ने कर्मचारीहरु चिया नास्ता खानकालागि आउने गर्दछन ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्