फोटोसहितको मतदाता नामावली संकलन पुनः सुरु

फोटोसहितको मतदाता नामावली संकलन पुनः सुरु

निर्वाचन आयोगले सञ्चालन गरेको फोटो र औंठाको छापसहितको मतदाता नामावली संकलन कार्य मोरङमा पुनः सुरु भएको छ । गत असारदेखि बजेट अभावको कारण रोकिएको नामावली संकलन कार्य २० गते आइतबारदेखि पुनः सुरु भएको हो ।
मोरङ जिल्लामा बाँकि रहेको १९ वटा गाविस र विराटनगर उपमहानगर पालिकाको १५ वटा वडामा नामावली संकलन कार्य भइरहेको जिल्ला निर्वाचन आयोगका निमित्त जिल्ला निर्वाचन अधिकृत उद्धव गेलालले जानकारी दिए ।  उनको अनुसार दर्वेशा र केरौन गाविसको साथै विराटनगर उपमहानगरपालिकाको ५, ६ र ७ वडामा नामावली संकलन कार्य संचालन भइरहेको छ । यसका लागि जिल्ला निर्वाचन आयोगले ६३ जना दर्ता कर्मचारी, त्यतिनै संख्यामा सहायक कर्मचारी र १५ जना केन्द्र अधिकृत नियुक्त गरेको अधिकृत गेलालले बताए । जिल्ला निर्वाचन कार्यालयले नामावली संकलनका लागि दुई गाविसमा गरि ४ वटा केन्द्र र विराटनगर भित्र हाल ११ वटा केन्द्र तोकेको छ । अचानक सुरु भएको नामावली संकलन कार्यमा मतदाताहरु आशा गरे अनुरुप उपस्थित नभएको अधिकृत गेलालले बताए । उनले सुरुका दिनहरुमा केहि कम मतदाता दर्ता गर्न आएको बताए । ‘खेतीको समय भएको हुँदा प्राय गाँउले काममा व्यस्त हुने भएकाले दर्ता गर्न नआएका हुन् ।’ दर्वेशा गाविसको पार्वती मावि केन्द्रमा कार्यरत मुस्कान कटुवालले बताए । (२२ कात्तिक)

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्