छैटौं राष्ट्रिय खेलकुदबारे विराटनगरमा अन्तरक्रिया

छैटौं राष्ट्रिय खेलकुदबारे विराटनगरमा अन्तरक्रिया

राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव यूवराज लामाले खेलकुदको विकास परम्परागत रुपको सोचबाट हुन नसक्ने बताउनु भएको छ । सुदुरपश्चिमाञ्चलमा हुन लागेको छैटौं राष्ट्रिय खेलकुद प्रतियोगिता–२०६८ लाई सफल बनाउन पूर्वाञ्चलका खेलप्रेमीसँग बुधबार विराटनगरमा राखिएको अन्तरक्रिया कार्यक्रममा बोल्दै उहाँले यस्तो धारणा राख्नु भएको हो ।
सदस्य सचिव लामाले खेलकुदको विकासका लागि खेलकुद विद्यालयको स्थापना गरी पाठ्यक्रममा समावेश गर्नुपर्ने धारणा राख्नु भयो । विद्यालयस्तरको पाठ्यक्रममा समेत खेलकुद पाठ्यक्रमका पाठ्यपुस्तकको अध्ययन गराइए मात्र यसको विकास हुन
सक्ने उहाँको दावी थियो । लामाले खेलाडी कुनै दल विशेष नभएर राष्ट्रिय कार्यभार सम्हाल्ने हुनु पर्ने बताउँदै राष्ट्रिय हितलाई सर्वोपरी ठाने खेलकुद क्षेत्रसँग भविष्य जोड्न सकिने बताउनु भयो । छैटौं राष्ट्रिय खेलकुद हुन लाग्दा पूर्वाञ्चलका खेलप्रेमी, खेलाडीसँग परामर्शका लागि आउनु भएका सदस्य सचिव लामासँग पूर्वाञ्चलवासी खेलप्रेमीले सातौं खेलकुद पूर्वाञ्चलमा हुनु पर्ने माग गरेका छन् ।  अन्तरक्रिया कार्यक्रममा बोल्दै राखेप पूर्वाञ्चल संयोजक किरण राईले पूर्वाञ्चलले विगतमा समेत राम्रो पदक जित्न हुँदै आएकोले यसपाली त्यो किर्तिमान कायम राख्ने दावी गर्नुभयो । उहाँले सबै राजनीतिक दलसम्वद्ध खेलाडीहरुलाई पाखा नलगाई अगाडी बढ्न सके मात्र खेलकुदको आत्मा बाच्न सक्ने औल्याउनु भएको थियो ।
कार्यक्रममा बोल्दै पूर्व पूर्वाञ्चल खेलकुद विकास समितिका अध्यक्ष शुधीर अर्यालले राष्ट्रिय खेलकुद विकास समितिले गरेको काम सह्रानिय भएको बताउँदै ओलम्पिक कमिटि भित्रको विवाद मिलाउन सुझाव दिनु भएको थियो । यसैगरी राखेप केन्द्रीय सदस्य किरण गिरीले छैटौं खेलकुद सम्पन्न हुँदै गर्दा सातौं राष्ट्रिय खेलकुद पूर्वाञ्चलमा हुने घोषणा गर्नु समेत माग गर्नु भयो ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्