अर्थराज्यमन्त्रीले विराटनगर भन्सारको निरिक्षण गरे

अर्थराज्यमन्त्रीले विराटनगर भन्सारको निरिक्षण गरे

मंगलबार मात्र  अर्थ राज्यराज्यमन्त्रीमा नियुक्त्त भएका  हरिराज खेवाले बुधबार  आन्तरिक राजस्व कार्यालय मोरङ र भन्सार कार्यालय विराटनगरको निरिक्षण गर्नुभएको छ । 
मंगलबार सपथ खाएर बुधबार गृहजिल्ला धनकुटा जानेक्रमा विराटगरमा रहको दुई कार्यालयहरुको मन्त्री खेवाले आकस्मिक निरिक्षण गर्नुभएको हो ।राजस्व कार्यालयको निरिक्षण गर्दै मन्त्री खेवाले राजस्ववृद्धिकालागि प्रतिवद्ध भएर लागिपर्न कर्मचारीहरुलाई निर्देशन दिएको कार्यालयका मुख्य करअधिकृत दिर्घराज मैनालीले जानकारी दिनुभयो । 
यसैगरि भन्सार कार्यालयको निरिक्षण गदै मन्त्री खेवाले भन्सार चोरी तस्करीलाई कडाईका साथ नियन्त्रण गर्न र राजस्व वृद्धि गराउन लागिपर्न निर्देशन दिनुभएको कार्याल प्रमुख विनोद कुँवरले जानकारी दिनुभयो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्