अगाडिको प्रज्ञापन पत्रको मिति मेटाएर सामान खरिद

<span class='c1'>अगाडिको प्रज्ञापन पत्रको मिति</span> <span class='c2'>मेटाएर सामान खरिद</span>

अगाडिकै प्रज्ञापन पत्रको मिती मेटाएर जोगवनीमा खरिद गरि ल्यादै गरेकोसामान विहिबार प्रहरिले पक्राउ गरेको छ ।
प्रज्ञापन पत्रमा उल्लेख भएको मिति मेटाएर भारतको जोगवनीबाट  खरिद गरी नेपाल भित्र्याइएको सामान प्र्रहरीले  विराटनगर बसपार्कमा प्रज्ञापन पत्र चेक गर्ने क्रममा मिती मेटाएर पुरानो प्रज्ञापन पत्र प्रयोग गरेको फेला परपछि सामान नियन्त्रणमा लिएको हो । गत कार्तिक १९ गते काटिएको प्रज्ञापनपत्रको मिति मेटाएर कार्तिक २४ बनाइ भन्सारलाई झुक्याई ल्याएको ३७ हजार ६ सय बराबरको सामान प्रहरीले नियन्त्रणमा लिएको नगर प्रहरिले बताएको छ । यसैगरी भन्सारको प्रज्ञापनपत्रमा ५० किलो उल्लेख भएको सामान प्रहरीले जोख्दा सय किलो फेला परेको छ ।प्रज्ञापनपत्रमा चिनी उल्लेख भएपनि बोरामा महँगा
कपडाका थानहरु पनि प्रहरीले रहेको प्रहरीले बताएको छ । प्रहरीले बरामद गरेको सामान भन्सार बुझाएको  नगर प्रहरी कार्यालय विराटनगरका निरिक्षक प्रदिप डिसीले बताउनु भयो । सामान ओसारपसार गर्ने र भन्सार कर्मचारी बीचको मिलेमतोमा यस्तो काम भएको हुन सक्ने अनुमान प्रहरीको रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्