छैटौ राष्ट्रिय खेलकुदका लागि जिल्लाबाट खेलाडी छनौट मंसीरमा हुने

<span class='c1'>छैटौ राष्ट्रिय खेलकुदका लागि जिल्लाबाट</span> <span class='c2'>खेलाडी छनौट मंसीरमा हुने</span>

छैटौ राष्ट्रिय खेलकुदमा भाग लिनका लागि मंसिर महिनादेखि जिल्लास्तरीय खेलाडी छनौट प्रतियोगिता हुने भएको छ । जिल्लस्तरिय खेलाडि छनौटमा लागी राष्ट्रिय खेलकुद परिषदले तयारी अन्तिम चरणमापुयाएको जनाएको छ । विहिबार

 विराटनगरमा पूर्वाञ्चल क्षेत्रीय खेलकुद विकास समितिले आयो्जना गरेको पत्रकार सम्मेलनमा परिषदका सदस्य सचिव युवराज लामाले मंसिरदेखि जिल्ला र माघको १५ सम्ममा क्षेत्रीयस्तरका खेलाडी छनौट प्रतियोगिताको काम सम्पन्न हुने

बताउनु भयो । प्रतिस्प्रर्धात्मक रुपमा खेलाडी सहभागी गराउने व्यवस्था भएकोले सबै सक्षम खेलाडीलाई छैटौं राष्ट्रिय खेलकुद प्रतियोगिताले समेट्ने लामाको दावी थियो । संरचना अभावका कारण देश व्यापी रुपमा गाउँस्तरको खेलकुद प्रतियोगिता गराउन नसकीए पनि २ हजार एक सय गाविसमा भने गाउँस्तरीय प्रतियोगिता गराउने सदस्य सचिव लामाले जानकारी दिनुभयो ।

राष्ट्रिय खेलकुद प्रतियोगिताकालागि सरकारले १३ करोड रुपैया रकम विनियोजन गरेको बताउँदै कुनै पनि खेलकुद संगठनमा दिर्घकालिन रुपमा राजनीतिक हस्तक्षेप हुन नदिने लामाले बताउनु भयो । छैटौं राष्ट्रिय खेलकुद प्रतियोगितामा ३१ खेलविधामा खेलाडीहरु सहभागी भई प्रतिस्प्रर्धा गर्न पाउने छन् । सहभागी प्रतिखेलाडी ८ सय रुपैयाँका दरले दैनिक खान, बस्न व्यवस्था मिलाइने लामाले बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्