तिन दिने क्षमता अभिवृद्धि तालिम सुरु

तिन दिने क्षमता अभिवृद्धि तालिम सुरु

विराटनगर २५ कार्तिक । सामाजिक परिचालको क्षमता अभिवृद्धि सम्बन्धी तीन दिने तालिम शुक्रबारदेखि विराटनगरमा सुरु भएको छ ।
विभिन्न गाविसको समाजिक परिचालकको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले जिल्ला विकास समितिको सहयोगमा तालिमको आयोजना भएको हो । कार्यक्रमको उद्घाटन सत्रमा जिल्ल्ला विकास समिति मोरङका स्थानीय विकास अधिकारी बाबुराजा गौतमले सामाजिक परिचालकको लक्ष्य र सशक्तिकरणको सामाजिक रुपान्तरण प्रक्रिया मार्फत् विपन्न महिला, दलित, मदेशी र जनजाति समुदायलाई सामाजिक परिचालनमा जोड दिने बताए । उक्त तालिममा एलजीसीडीपी मोरङका सहजकर्ता लिलाराज लिम्बु, एक्टीभ नेपालका अध्यक्ष ज्याति बस्नेत, श्री नेपालका कार्यक्रम संयोजक प्रेम श्रेष्ठलगायतले मन्तव्य राखेका थिए । तालिममा मोरङ जिल्लाका ३२ वटा गाविसका सहजकर्ताहरुको सहभागिता रहेको थियो ।
एक्टीभ नेपाल, एनसीडीसी, एक्ससीडी र श्री नेपाल को संयुक्त आयोजनामा तालिमको आयोजना भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्