तिनदिने वातावरणिय पत्रकारीता कार्यशाला समपन्न

<span class='c1'>तिनदिने वातावरणिय पत्रकारीता</span> <span class='c2'>कार्यशाला समपन्न</span>

सिमएन परियोजनाले विराटनगरमा तिनदेखि संचालन गरेको वातावरणीय फिचर समाचार लेखन कार्यशाला शनिबार सम्पन्न भएको छ । कार्यशाला कात्तिक २४ गतेदेखि सञ्चालनमा आएको थियो । कार्यशाला वातावरणका मुद्धालाई मिडिका लागि कसरी लेख्ने र प्राथमिकता दिने भन्ने बिषयमा केन्द्रित रहेको थियो । कार्यशालामा सहभागी पत्रकारहरुले यस क्षेत्रमा वातावरणका बिषयमा पत्रकारले उठाउन सक्ने मुद्धाका बिषयमा छलफल गरेका थिए । सिमएनले यस अघि पूर्वका ५ जिल्लाका पत्रकारलाई सम्लग्न गराई वातावरणीय मुद्धाका बारेमा फिचर लेखन कार्यशाला आयोजना गरेको जनाएको छ । कार्यशालामा पत्रकार बिदु कायस्थले सहभागीहरुलाई फिचन लेखन तथा वातावरणीय रिपोर्टिङको विषय छनौट लगायतका विषयमा सहजीकरण गरेका थिए । कार्यशालाको समापन कार्यक्रममा सिमएनका प्रमुख अधिकृत लाउरिक क्यातेलस, पुर्वाञ्चल प्रमुख खगप्रसाद पाण्डेलगायतको उपस्थिति रहेको थियो । कार्यशालामा मोरङका ३५ जना पत्रकारको सहभागीता रहेको थियो ।(२६ कात्तिक)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्