कृपालु बचत तथा ऋण सहकारी संस्थाले शनिबार दोस्रो साधारण सभा सम्पन्न गरेको छ ।
शनिबार विराटनगरमा सम्पन्न साधारणसभामा बोल्दै संस्थाका अध्यक्ष लिला केसीले उत्पादनशील क्षेत्रमा लगानी गरेर सहकारीले देशको आर्थिक विकासमा टेवा पु¥याएको बताउनु भयो ।
साधारण सभामा संस्थाका कोष अध्यक्ष सुधा कार्कीले आर्थिक बर्षको आर्थिक प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो । संस्थाको शेयरपुँजी चारलाख ४१ हजार ४ सय ७५ रुपैया, बचत रकम ६ लाख ५९ हजार ४ सय ५९ रुपैया र आम्दानी एक लाख २ सय ८१ रुपैयाँ रहेको कार्कीले बताउनु भयो । जसमा ५१ जना बाल बचत र २ सय २७ महिला शेयर सदस्य रहेको उहाँले जानकारी दिनुभयो ।