सुचना प्रविधिको महाकुम्भ विराटनगरमा हुने [full report]

सुचना प्रविधिको महाकुम्भ विराटनगरमा हुने  [full report]

विराटनगर, २७ कात्तिक । सुचना प्रविधिको महाकुम्भको रुपमा चिनिने क्यान इन्फोटेकको पूर्वाञ्चल संस्करण विराटनगरमा हुने भएको छ । क्यान मोरङको आयोजनामा पुष ८ गते देखि ११ गतेसम्म क्यान इन्फोटेक मोरङको नाममा विराटनगरको जैन भवनमा इन्फोटेक हुन लागेको हो । इन्फोटेक सुचना प्रविधि सम्बन्धि जनचेतना जगाउने र नयाँ प्रविधिको बारेमा जानकारी गराउने उद्देश्यका साथ गर्न लागिएको इन्फोटेक आयोजना संयोजक निर्मल तामाङले बताए । उनले विराटनगरमा पहिलो पटक हुन लागेको इन्फोटेकले पुर्वाञ्चलमा सुचना प्रविधिको  क्षेत्रमा एउटा नयाँ आयाम कायम गर्ने दाबी गरे ।

इन्फोटेकमा सुचना प्रविधिका नयाँ  प्रदर्शनी, गेमिङ जोन, प्रविधि सम्बन्धि सेमिनार, रोजगार मेला, सस्तो मुल्यमा कम्प्युटर सामाग्रीहरु, प्रविधि प्रदर्शनीलगायत समावेश गरिने संयोजक तामाङले जानकारी दिए ।

इन्फोटेक करिब २०लाख रुपैयाको लागतमा गर्न लागिएको आयोजक समीतिका आर्थिक संयोजक दिपेन्द्र दुगडले बताए ।  उनको इन्फोटेकलाई भव्य बनाउन समितिले कार्य थालिसकेको बताए । इन्फोटेको मुख्य आकर्षणको रुपमा विभिन्न नयाँ प्रविधिहरुको प्रदर्शनी, ताप्लेजुङको ढुंगेसाघुमा रहेको विद्यालयमा यहिबाट अनलाइनको सहायताबाट प्रत्यक्ष पढाइ गरिने, प्रविधिसम्बन्धि विभिन्न कार्यपत्रहरु प्रस्तुत गरिने, सस्तोमा सामानहरुको विक्रिलगायतका विशेषताहरु समावेश गरिने क्यान मोरङका सचिव संजोग लुईटेलले बताए । इन्जिनियर सुबास उप्रेतिको डिजाइनमा तयार गरिने भव्य सेटमा इन्फोटेक गरिने संयोजक तामाङले बताए । इन्फोटेक आयोजना स्थलको छुट्टै प्रकारले संरचना तयार गरेर स्टल तथा प्रायोजकहरुको लागि स्थान छुट्याइने आयोजक समितीले योजना प्रस्तुत गरेका छन् ।

आयोजकले प्रदर्शनीको चार दिने अवधिभरीमा करिब एक लाख अवलोकनकर्ता भित्र्याउने अपेक्षा गरेको छ । अपेक्षा अनुरुपको अवलोकनकर्ता भित्र्याउन ८० हजार भन्दा बढि पर्चाहरु पुर्वाञ्चल भरि वितरण गरिने, विद्यालयहरुमा जानकारीमुलक कार्यक्रमहरु संचालन गरिने, राष्ट्रिय तथा स्थानीय पत्रपत्रीका र मिडियाको प्रयोग गरिने तथा वाल्काथुन जस्तो प्रवर्धनात्मक कार्यक्रमहरुसमेत आयोजना गरिने इन्फोटेकका मिडिया तथा पब्लिसिटि संयोजक राजन लम्सालले जानकारी दिए ।

काठमाडौं केन्द्रितरुपमा मात्र हुदै आएको क्यान इन्फोटेकलाई नेपालकै सबैभन्दा ठुलो प्राविधि मेलाको रुपमा हेरिन्छ । मोफसलमा केहि समय अघि इन्फोटेक गरिएको भए पनि विराटनगरमा यस्तो कार्यक्रम पहिलो पटक हुने भएकोमा यस क्षेत्रका प्रविधि क्षेत्रमा लागेका तथा रुचि भएकाहरु उत्साहित छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्