नेकपा माओबादीको दुई सदस्य निलम्बनमा

नेकपा माओबादीको दुई सदस्य निलम्बनमा

बिराटनगर २८ कार्तिक । मातृका यादवले नेतृत्व गरेको नेकपा माओबादी मोरङ्ग जिल्ला समितीले पार्टीको हित बिपरित कार्य गरेको भन्दै आफ्ना दुई सदस्यलाई निलम्बन गरेको छ । आज संगठन बिभाग प्रमुख नारायण चौधरीले बिज्ञप्ती जारी गरी हरेराम पासवान, रेखा कामत र बलराम कामतलाई संगठनको साधारण सदस्य समेत नरहने गरी निम्बलन गरीएको जानकारी दिनुभयो । संगठनबाट निस्कासित तिनै जना भु माफियाहरुसंगको मिलेमतोमा अबैध चन्दा उठाउने, मुद्धा मिलाउने नाममा सर्बसाधारणलाई ठग्ने लगायतका कार्यमा संलग्न रहेको आरोप बिज्ञप्तीमा लगाइएको छ । बिज्ञप्तीमा तिन जनाले संगठनको २५ हजार रुपैया हिनामिना गरेको आरोप लगाउदै त्यसबारेमा संगठनको बैठकमै सोधपुछ गर्दा बैठक नै छाडेर हिडेको पनि उल्लेख छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्