जेसिज सप्ताह विराटनगरमा सुरु

जेसिज सप्ताह विराटनगरमा सुरु

विराटनगर २८ कार्तीक । विराटनगर जेसिजको जेसिज सप्ताह आजबाट विराटनगरमा सुरु भएको छ । जेसिज सप्ताहको उद्यघाटन विराटनगर जेसिजका पुर्व अध्यक्ष तथा कार्यक्रमका प्रमुख अतीथि सुन्दर मास्केले दिप प्रजलन गरि गर्नुभएको थियो । उदघाटन कार्यक्रममा विराटनगर जेसिजका पुर्व अध्यक्ष नारायण प्रधान , सन्देस दास श्रेष्ठ , विराटनगर
जेसिजका उपाध्यक्ष तारा थापा, जेसिज सप्ताहका मुख्य सम्योजक नवल प्रसाद उपाध्याक्ष , प्रमुख अतीथि सुन्दर राज मास्के , कार्यक्रमका संयोजक सुमित श्रेष्ठ , विराटनर जेसिजका अध्यक्ष रोसन कुमार धौभडेल लगायतले बोल्नुभएको थियो । उदघाटन सगै म्यानेजिङ विथ एकसिलेन्सी तालीम समेत सञ्चालन भएको थियो । तालीममा  विभीन्न सघ सस्थाका ३० जनाको सहभागीता रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्