चालकको ध्यान चान्ने होर्डीङ बोर्ड हटाइदै

चालकको ध्यान चान्ने होर्डीङ बोर्ड हटाइदै

विराटनगर, मंसिर २ । सडकमा चालकको ध्यान तान्ने खालका होर्डिङ बोर्डहरु मोरङ ट्राफिकले हटाउन सुरु गरेको छ । विराटनगरको कोशी राजमार्गमा रहेका एक दर्जन भन्दा बढी ठुला होर्डिङ बोर्ड आज निकालिएको छ । होर्डिङ बोर्डका कारण चालकको ध्यान अन्त गएर दुर्घटना हुन सक्ने भएकाले हटाउन थालिएको मोरङ ट्राफिकका प्रहरी निरीक्षक अबदेश विष्टले बताउनु भयो । सुचना, जानकारी र चेतनामुलक बाहेकका ब्यवसायिक बोर्डहरु मात्रै हटाइने ट्राफिकले जनाएको छ । राजमार्गका बोर्डहरु हटाएर विराटनगर बजार भित्रका बोर्डहरु हटाइने विष्टले जानकरी दिनु भयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्