बिराटनगर ३ मसिर । विश्व मद्युमेह दिवसको कार्यक्रम अन्तर गत शनिवार मेडिकल एसोसिएस अफ नेपाल (मेलान)को जिल्ला कार्य समीति मोरङ्गले निःशुल्क मधुमेह परिक्षण आयोजना गरेको छ । सो अवसरमा २ सय ५० जनाले मधुमेह परिक्षण गराएको मेलानका सचिव सन्जय कुमार देवले बताए । मेलानले यसैसँगै मोरङ्गको क्षेत्रिय रक्त संचारकेन्द्रमा भएको रगतको अभावलाइ कम गर्ने उद्देश्यले खुल्ला रक्तदान कार्यक्रमसमेत आयोजना गरेको थियो ।