उच्च मध्यामिक शिक्षा परिषद विराटनगरको दादागिरी

उच्च मध्यामिक शिक्षा परिषद विराटनगरको दादागिरी

उच्च मध्यमिक शिक्षा परिषद पूर्वाञ्चल क्षेत्रीय कार्यालय विराटनगरले पूर्वाञ्चलका विद्यालयहरुलाई अनावश्यक दुःख र झन्झट दिई कामलाई लम्ब्याइले गरेको आरोप विद्यालयका प्राचार्य तथा  शिक्षकहरुले लगाएका छन्  । उच्च माविमा विद्यार्थीहरको रजिष्ट्रेसन देखि लिएर मार्किङ्सम्मको काम विद्यालयबाटै कम्प्यूटर गरेर ल्याउनु पर्ने लगायतका कार्यालयले नै गर्नु पर्ने  काम विद्यालयलाई नै गराउन थालेको , लब्धाङ्कपत्र नबुझिने तथा समयमा नदिने, जिल्ला शिक्षा कार्यालयमा पठाउने गरेको छ । आÏनो नियमित काम अरुलाई लादेर उमावि परिषदले जिम्मेवारीबाट पन्सिन खोजेको उच्च मावि शिक्षक एसोसिसन‘हिस्टान’ले आरोप लागाएको छ ।
    पूर्वाञ्चल कार्यालयमा निमित्त कार्यालय प्रमुख विष्णु हरि घिमिरे आएपछि एकक्षत्र दादागिरी गर्न खोजेको हिस्टानका केन्द्रीय सचिव योगेन्द्र बस्नेतले बताए । यस्तै रवैया उच्च माविको रहिरहेमा घिमिरे कार्यालय प्रमुखको रुपमा टिकिनरहने हिस्टानका क्षेत्रिय संयोजक राम ढकालले बताए ।
    उच्च मावि शिक्षक एसोसिसन ‘हिस्टान’ पूर्वाञ्चल क्षेत्रले शुक्रबार गरेको पत्रकार सम्मेलनमा उहा“हरुले उमावि विराटनगरको अहिलेको क्रियाकलाप ठिक नभएको बताएको थिए । हिस्टानका केन्द्रीय सदस्य श्रीलाल साहले उमाविभित्रकै कर्मचारी पनि कार्यालय प्रमुखको कामबाट रुष्ट भएको आफूले बुझेको बताए । यसैगरी गोबिन्द सोदेम्बा, टंकमणि भटराई ।टीका घिमिरेले पनि  उमाबि बिराटनगरको बर्तमान काम प्रति आक्रस पोखे ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्