गुरुकुलले मोरङ र सुनसरीको विद्यालयमा नाट्य कार्यशाला सम्पन्न गर्यो

गुरुकुलले मोरङ र सुनसरीको विद्यालयमा नाट्य कार्यशाला सम्पन्न गर्यो

विराटनगर, ५ मंसिर । आरोहण गुरुकुल विराटनगरले मोरङ र सुनसरीका विभिन्न विद्यालयहरुमा नाट्य कार्यशाला सम्पन्न गरेको छ । गत साउन १९ गतेदेखि सुरु गरिएको कार्यशाला अभियान कात्तिक ३० गतेसम्म सञ्चालन भएको थियो । अभियान अन्तर्गत मोरङको विराटनगरका १२ वटा र सुनसरीको धरान, इटहरी र दुहबीमा गरि ११ वटा विद्यालयमा नाट्य कार्यशाला गरिएको थियो । गुरुकुलका कलाकार दिपा पोखरेल र मिलन नेपालीको नेतृत्वमा सम्पन्न भएको कार्यशालामा कृष्ण धिताल, सिता न्यौपाने, सम्झना आचार्य र गजेन्द्र खतिवडाले सहजीकरण गरेका थिए ।
कार्यक्रम गरिएको प्रत्येक विद्यालयमा करिब ३० जना विद्यार्थीहरुलाई सहभागी गराई ३ घण्टाको कार्यशाला गरिएको थियो । कार्यशालाबाट विद्यार्थीहरुको समस्यालाई समावेश गरि नाटकसमेत तयार गरि शिक्षक, अभिभावक र विद्यार्थीहरु बिच देखाइएको सहजकर्ता मिलन नेपालीले बताए । उनले नाटक पछि विद्यार्थीको समस्यालाई कचहरीको रुपमा उठाएर नाटकबाटै समाधान समेत गर्ने प्रयास गरिएको थियो । नाटकबाट विद्यालयमा गल्ती गर्ने भन्दा नगर्नेले सजाय पाउने, अभिभावकले छोराछोरीमा भेदभाव गर्ने, सरकारी विद्यालयमा मोबाइल प्रयोग, खानेपानी र सौचालयलगायतको समस्या रहेको देखिएको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्