आज मुस्लिम समुदायको चक्काजाम

आज मुस्लिम समुदायको चक्काजाम

विराटनगर , ९ मंसिर ।इस्लामी संघ नेपालका महासचिव फैजान अहमदको हत्याप्रति सरकार गम्भिर नभएको भन्दै सहिद फैजान संघर्ष समितिले आन्दोलन घोषणा गरेको अनुरुप आज दिनभर चक्काजाम गरीरहेको छ । अहमदको हत्या भएको दुई महिना वितिसक्दा पनि अझै अपराधि पक्राउ गर्न नसकेकोले समितिले आन्दोलन घोषणा गरेको हो । समितीले जारी गरेको विज्ञप्ती अनुसार मुस्लिम समुदायले पटकपटक आफ्ना २ बुँदे मागहरु राखेको भएता पनि सरकार यस विषयमा मौन रहेकोले आफुहरु थप आन्दोलन गर्न बाध्य भएको उल्लेख छ ।
समितिले सार्वजनिक गरेको आन्दोलनको कार्यक्रम अनुसार हिजो शनिवार साँझ विराटनगर, रंगेली र डाइनियामा मसाल जुलुस निकालेको थीयो भने आज आइतबार बिहान ५ बजेदेखि बेलुका ६ बजेसम्मको १ दिने चक्काजाम गरीरहेको छ । चक्काजाम शनि मन्दिर, नेमुवा, कर्सिया, कदमाहा, डाइनिया, विराटचोक, रामजानकी चौक र रानीमा भइरहेको छ । आफ्ना मागहरु पुरा नभए आफुहरु थप कडा संघर्षमा उत्रने समितिका संयोजक साहाब अहमद (गुड्डु)ले बताए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्