दिनभर सवारी ठप्प :माग पुरा नभए अझ सशक्त आन्दोलन गर्ने

दिनभर सवारी ठप्प :माग पुरा नभए अझ सशक्त आन्दोलन गर्ने

विराटनगर , ९ मंसिर । आइतबार दिनभर विराटनगर र आसपासको क्षेत्रमा यातायातहरु ठप्प भएका छन् । इस्लामी संघ नेपालका महासचिव फैजान अहमदको हत्याप्रति सरकार गम्भिर नभएको भन्दै सहिद फैजान संघर्ष समितिले घोषणा गरेको चक्काजामका कारण विराटनगर, निमुवा, दुहबी, रंगेली क्षेत्रका यातायात ठप्प भएका हुन् । धार्मिक सहिद अहमदको हत्या भएको दुई महिना वितिसक्दा पनि अझै अपराधि पक्राउ गर्न नसकेकोले समितिले घोषणा गरे अनूरुप सो चक्काजाम गरिएको हो । समितीले विज्ञप्ती जारी गरेर मुस्लिम समुदायले पटकपटक आफ्ना मागहरु राखेको भएता पनि सरकार यस विषयमा मौन रहेकोले आफुहरु थप आन्दोलन गर्न बाध्य भएको बताएका छन् ।
समितिले सार्वजनिक गरेको आन्दोलनको कार्यक्रम अनुसार शनिवार साँझ विराटनगर, रंगेली र डाइनियामा मसाल जुलुस निकालिएको थियो भने हिजो आइतबार बिहान ५ बजेदेखि बेलुका ६ बजेसम्मको १ दिने चक्काजाम गरिएको थियो । चक्काजाम शनि मन्दिर, नेमुवा, कर्सिया, कदमाहा, डाइनिया, विराटचोक, रामजानकी चौक र रानीलगायतको क्षेत्रमा गरिएको थियो । चक्काजामको क्रममा ठुला सवारी तथा मालबाहक यातायातलाई अवरोध गरिएको भएपनि साना दुइचक्के सवारी साधनहरुलाई आवतजावत गर्न दिइएको थियो । संघर्ष समितिका संयोजक साहब अहमद (गुड्डु)का अनुसार एम्बुलेन्स, पत्रकार, विद्यालय तथा कलेजका सवारी साधनहरुलाई समेत अवरोध गरिएको थिएन ।  भएको छ । आफ्ना मागहरु पुरा नभए आफुहरु थप कडा संघर्षमा उत्रने समितिका संयोजक साहाब अहमद (गुड्डु)ले बताए । चक्काजाम पछि जामस्थलमा सभा समेत आयोजन गरिएको थियो । विराटनगर शनि मन्दिर चौकमा आयोजना गरिएको सभामा एककृत नेकपा माओवादीका कोचिला राज्य परिषद सदस्य राजेन्द्र मण्डल, नेकपा एमालेका  जिल्ला सचिव महेश शर्मा, विद्यार्थी नेता वसिम आलम, इन्सेकका अध्यक्ष सोमराज थापा, अफजल हुसैनलगायतले अहमद हत्याकाण्डको दोषी अझै पत्ता नलाग्नुलाई सरकारको गैर जिम्मेवारपुर्ण काम भएको आरोप लगाउदै यथासिघ्र सरकारले कदम चाल्नु पर्ने बिचार व्यक्त गरेका थिए ।
संघर्ष समितिले संविधान सभाबाट अन्तरिम संविधानको धारा ३३ को दफा  घ को उपदफा १ मा अन्य जातिय तथा वर्गीय समुहसँग धार्मिक अल्पसंख्यक मुस्ल्मि पनि समावेश हुने गरि संविधान संसोधन हुनु पर्ने, फैजान अहमद हत्याकाण्डका दोषीलाई कारबाहि हुनु पर्ने , ०६५ साल चैत्र ३ गते भएको सम्झौता कार्यान्वयन हुनु पर्ने लगायतका ८ बुँदे मागहरु अघि सारेको छ । समितिले आफ्नो मागहरु कार्यान्वयन नभए अझ सशक्त आन्दोलनमा उत्रने चेतावनी दिएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्