पत्रकार र प्रहरी बनेर प्रहरीलाइ झुक्याउने युवक पक्राउ

पत्रकार र प्रहरी बनेर प्रहरीलाइ झुक्याउने युवक पक्राउ

आफुलाई पत्रकार र प्रहरी हु“ भन्दै पटक पटक फोन गरेर प्रहरीलाई धम्क्याउने एक युवकलाई विराटनगरमा प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय मोरङको एक सय नम्बरमा मोबाइलबाट पटक पटक फोन गरेर धम्की दिएको भन्दै आयुश बुढाथोकीलाई प्रहरीले नियन्त्रणमा लिएको हो । ति युवकले हिजो मात्रै प्रहरीको कन्ट्रोल रुममा १५ पटक भन्दा बढी फोन गरेका थिए । उनले फोन गर्दै आएको मोबाइल नम्बर तीन साता अघिदेखि प्रहरीले रेकर्ड राख्दै आएको थियो । बुढाथोकीले कान्तिपुर दैनिक र ब्लाष्ट टाइम्स दैनिकको पत्रकार तथा प्रहरी इन्स्पेक्टर हु“ भन्दै पटक पटक फोन गर्ने गरेको मोरङ प्रहरीले जनाएको छ । मोबाइल नम्बरको कल डिटेलका आधारमा अबिभावकलाई फोन गरी बुढाथोकीलाई जिल्ला प्रहरीमा झिकाएर नियन्त्रणमा लिइएको प्रहरीले बताएको छ । यसअघि मोरङ प्रहरीको कन्ट्रोल रुममा अनावश्यक फोन गरेर दुःख दिने दुई दर्जन भन्दा बढी फोन लाईन प्रहरीले ब्लक गराई सकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्