जातिय विभेद अन्त्य गर्न सकिने

जातिय विभेद अन्त्य गर्न सकिने

विराटनगर, मंसिर १३ । सबैको संयुक्त प्रयासवाट चेतन अभिबृद्धि गर्ने अभियान चलाउन सके जातीय विभेद तथा छुवाछुतको अन्त्य गर्न सकिने विराटनगरमा आयोजीत एक कार्यक्रमका वक्ताहरुले बताएका छन् । प्लान नेपालको सहकार्यमा जिल्ला विकास समिति मोरङ र रिडेफ नेपाल विराटनगरको संयुक्त आयोजनामा आज भएको जातीय भेदभाव तथा छुवाछुत कसुर तथा सजाय ऐन र तीन वर्षे रणनितिक योजना कार्यान्वयनमा सरोकारवालाहरुको भुमिका विषयक कार्यशालामा बक्ताहरुले त्यस्तो बताएका हुन् । मोरङका प्रमुख जिल्ला अधिकारी तारानाथ गौतमले छुवाछुतवाट कोहि उत्पीडनमा परे दलीत आयोग, स्थानिय निकाय, प्रहरी र जिल्ला प्रसासन कार्यालयमा उजुरी दिनसक्ने ऐनमा  रहेकोले त्यस्तो उजुरी परे तत्काल न्याय दिलाउन आफु लाग्ने प्रतिबद्धता जनाउनु भयो । कार्यक्रममा मोरङका स्थानिय विकास अधिकारी बाबुराम गौतम, प्लान नेपाल मोरङका प्रमुख कालभान राई, गाउंविकास समिति हकहित संरक्षण मंञ्च मोरङका अध्यक्ष राजु अधिकारी, नेपाल जातीय उत्पीडित समाजका उपाध्यक्ष खेम नेपाली लगायतले जातीय विभेद तथा छुवाछुतलाई अहिले शिक्षीत र ठुला जात हुं भन्नेहरुले ब्यवहारमा नदेखाउने समस्या टड्कारो रहेको उल्लेख गर्नुभएको थियो ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्