पढ्न पाउनु पर्ने माग राख्दै विद्यार्थीले जलाए दुइ पुत्ला

पढ्न पाउनु पर्ने माग राख्दै विद्यार्थीले जलाए दुइ पुत्ला

पुर्बाञ्चल बिश्व बिद्यालयका बिद्यार्थीहरुले पढ्न पाउनुपर्ने माग गर्दै आज बिराटनगरमा प्रदर्शन गरेका छन् । उनीहरुले बिश्व बिद्यालयका परिक्षा नियन्त्रक र रजिष्टारको पुत्ला समेत दहन गरेका छन् । बिश्व बिद्यालयमा पदाधिकारी नियुक्तीको बिषयलाई लिएर बिद्यार्थी संगठनहरुले तालाबन्दी गर्दा समेत खुलाउन पहल नगरेको भन्दै उनीहरुले बिश्व बिद्यालय प्रशासन प्रति आक्रोस समेत पोखेका छन् । राजनितिक बिषयमा भएको असमझदारीका कारण बिद्यार्थीको भबिश्य माथी खेलबाड गर्ने काम भएको भन्दै उनीहरुले तत्काल समस्या समाधान गर्न माग गरे । आफुहरुको चार बर्षको कोर्ष ६ बर्ष पुग्दा समेत नकिएको भन्दै उनीहरुले तालाबन्दी खोली रोकिएको परिक्षा तत्काल सुचारु गर्न पनि बिश्व बिद्यालय प्रशासन समक्ष माग गरेका छन् । बिश्व बिद्यालयको रिक्त ब्यवस्थापन संकायको डिन, सहडिन, परिक्षा नियन्त्रक, सहायक परिक्षा नियन्त्रक लगायतका पदमा एकलौटी ढंगले नियुक्ती गरीएको भन्दै नेबिसंघ र मधेशबादी दलका बिद्यार्थी संगठनहरुले बिश्व बिद्यालयमा तालाबन्दी गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्