५० हजारको अबैध समान पक्राउ

५० हजारको अबैध समान पक्राउ

बिराटनगर १३ मंसिर । सीमावर्ती भारतको जोगवनीबाट भन्सार छलेर ल्याउदै गरेको करिब ५० हजार मुल्य बराबरको अबैध समान आज बिहान प्रहरीले बिराटनगरबाट नियन्त्रणमा लिएको छ । भन्सार छलेर रिक्सामा हालेर ल्याउदै गरेका चिनी, बिस्कुट दुध पाउडर र रजनीगन्धा जिल्ला प्रहरी कार्यालय बिराटनगरको टोलीले चेकजाचका क्रममा बिराटनरको शनीमन्दिर चौकबाट आज बिहान नियन्त्रणमा लिएको हो । बाहुनी ८ का एक ब्यापारीले ल्याउदै गरेको अवस्थामा २० पोका, रजनीगन्धा, एक क्व्विन्टर चिनी, एक कार्टुन बिस्कुट, ४५ पोका दुध पाउडर प्रहरीले नियन्त्रणमा लिएको बताइएको छ ।  नियन्त्रणमा लिइएको सामान आजै रानी भन्सारका कार्यलयमा बुझाइएको जिल्ला प्रहरी कार्यालय बिराटनगरले जनाएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्