आबाल व्रह्मचारी षडानन्द जयन्ती सम्पन्न

आबाल व्रह्मचारी षडानन्द जयन्ती सम्पन्न

शिक्षा, संस्कृति र सदाचारका ज्योति एवं सनातन वैदिक दर्शनका प्रसिद्ध विद्धान, आवाल ब्रह्मचारी षडानन्द अधिकारी (भोजपुर दिङ्लाको) १७७ औं जन्मजयन्ती विशेष कार्यक्रमका साथ सम्पन्न भएको छ । कार्यक्रमका संयोजक गायत्री चापागाईंको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि पं जानकीबल्लभ दाहालले धर्म संस्कृतिका विद्धान पं खगेश्वर न्यौपानेलाई रु. एघार हजार राशिको “रमानाथ—खड्गप्रसाद चापागाईं धर्म संस्कृति पुरस्कार” प्रदान गरिएको थियो । सोही समारोहमा प्राज्ञ दधिराज सुवेदी र डा. गोविन्दमानसिंह अधिकारीले सन्त षडानन्दको जीवनी र व्यक्तित्व माथि प्रकाश पारेका थिए । यस समितिका अन्य पदाधिकारी एवं सदस्यमा कोमलकृष्ण अधिकारी, रमेश प्रसाद चापागाईं सचिव, पुष्पलता कोइराला सह–सचिव, दिनेशराज सुवेदी कोषाध्यक्ष र सदस्यहरुमा मुरारि चापागाईं, माधवप्रसाद अत्रि, नवराज चापागाईं एवं रुपेश बस्नेत रहेका छन् । यसरी नै दिङ्ला, काठमाडौं, इटहरी, इलाम आदि ठाउँमा पनि षडानन्द महोत्सव मनाइएका खवरहरु प्राप्त भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्