कसैले सुनेनन् : प्रमुख जिल्ला अधिकारीलाइ ज्ञापन

कसैले सुनेनन् : प्रमुख जिल्ला अधिकारीलाइ ज्ञापन

विराटनगर, १५ मंसिर । रक्त संचार केन्द्रले रगत लिदा लाग्ने सेवा शुल्कमा गरेको बृद्धि पछि विभिन्न समुहहरुले सेवा शुल्क घटाउनु पर्ने माग सहित आन्दोलन गरिरहेका छन् । यसै अन्तर्गत विहिबार विराटनगरका विभिन्न ७ समुहहरुले प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र बुझाएका छन् । पब्लिक फोरम, युथ फर ब्लड, उपभोक्ता संरक्षण मञ्च, उपभोक्ता मञ्च, उपभोक्ता हित संरक्षण मञ्च र नागरिक न्यायिक उपभोक्ता मञ्चले विहिबार जिल्ला प्रशासन कार्यालयमा प्रमुख जिल्ला अधिकारी तारानाथ गौतमलाई ज्ञापन पत्र बुझाएका हुन् । उनीहरुले बृद्धि गरिएको सेवा शुल्कलाई तत्काल कम गर्नु पर्ने, असमान सेवा शुल्क समान हुनु पर्ने, आवश्यक प्रविधिहरुको व्यवस्था हुनु पर्ने, रेडक्रसको आयव्य सार्वजनिक गरिनुपर्ने लगायतका मागहरु अघि सारेका छन् । ज्ञापन पत्र बुझ्दै प्रमुख जिल्ला अधिकारी गौतमले रगतको शुल्क बढाइनु गलत भएको भन्दै यसमा आफुहरुको ध्यानाकर्षण भएको बताएका थिए । उनले भने‘चाँडैनै आवश्यक कदमहरु चाल्ने छौ । ’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्