द्वन्द पिडित बालबालिका र महिलाहरु बारे छलफल

द्वन्द पिडित बालबालिका र महिलाहरु बारे छलफल

संक्रमणकालिन अवस्थामा द्वन्द पिडित महिला तथा बालबालिकाहरुको अवस्था बारे पत्रकारहरु बिच छलफल गरिएको छ । शुक्रबार शान्ति तथा संक्रमणकालिन न्यायकालागि साझा सञ्जाल मोरङले शुक्रबार विराटनगरमा आयोजना गरेको शान्ति तथा संक्रमणकालिन न्याय विषयक सरोकारवालासँग छलफल कार्यक्रममा सो छलफल गरिएको हो । सो कार्यक्रममा सञ्चारकर्मीहरुसँग गरेको छलफलमा तत्कालिन द्वन्दको समयमा हजारौ महिला तथा बालवालिका प्रभावित भएपनि उनीहरुलाई राज्यले सम्वोधन नगरेको गुनासो गरिएको थियो । द्वन्दको समयमा पीडित भएकाहरुको वास्तविक तथ्यांक खोजी नगर्दा उनीहरुलाई लक्षित गरेर बनाइएको कार्यक्रमको फाइदा पहुँचवालाहरुले मात्र लिने गरेको कार्यक्रमका सहभागीले बताए । मानब अधिकार हननका घटनामा जोडिएका व्यक्तिहरुमाथि कारवाही र संक्रमणकालिन
न्यायकालागि संविधानले निर्दिष्ठ गरेको व्यवस्था अनुरुप सत्य निरुपण तथा मेलमिलाप आयोग तत्काल गठन गर्नु पर्न सहभागीहरुको जोड थियो । छलफलको सहजीकरण जिल्ला विकास समिति मोरङका परामर्शदाता छत्र बजगाईले गरेका थिए । छलफलमा सञ्जालकी अध्यक्ष देव कुमारी थापा, उपाध्यक्ष शकुन्तला भट्टराई, कोषाध्यक्ष कल्पना खड्का, सदस्यहरु विमला राइ, आशा खड्का, पत्रकार महासंघ मोरङका सभापति विक्रम निरौला, प्रेस युनियन मोरङका सभापति कुमोद अधिकारीलगायतको उपस्थिति रहेको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्