मुना मदनको क्रेज अझै उत्तिनै

मुना मदनको क्रेज अझै उत्तिनै

महाकवि लक्ष्मी प्रसाद देवकोटाको खण्ड काव्य मुनामदनको लोकप्रियता कत्ति छ होला रु यो प्रश्नको उत्तर खोज्न केहि दिन देखि साझा प्रकाशनले आयोजना गरिरहेको पुस्तक प्रदर्शनी मेलामा जानु भए हुन्छ । गत मंसिर ८ गते देखि सुरु भएको प्रदर्शनीमा ९०को दशकमा लेखीएको यो खण्डकाव्यको ३०० भन्दा बढि प्रति बिक्रि भइसकेको छ । ‘कोर्स बुकमा समेत समेटिएकाले होला विद्यार्थीहरुले एकदमै धेरै रुचाएका छन् ’ साझा प्रकाशनको विराटनगर बिक्रि कक्षकि इन्चार्ज रेखा गिरि श्रेष्ठले भनिन्  साझा प्रकाशनको विराटनगर बिक्रि कक्षकि इन्चार्ज रेखा गिरि श्रेष्ठले सुनाइन । उनले हालसम्म विराटनगर बिक्रि कक्षबाट मात्रै हालसम्म ४ लाखसम्मको कारोबार भइसकेको बताइन् । उनले मुनामदन सहित हिटलर र यहुदि, एक चिहान, यमपुरीको महललगायतका पुस्तकहरु एकदमै धेरैमात्रामा विक्रि भइरहेको जानकारी दिइन् ।
‘पठन संस्कृति विकास अभियान, समृद्ध समाजको निर्माण’ भन्ने मुल नाराका साथ देश भरि नै साझाले नै आयोजना गरिरहेको छ । यस पुस्तक मेलामा साझाले एक करोड चालिस लाखको पुस्तक बिक्रि गर्ने लक्ष्य लिएको छ । यसका लागि साझाले देशभरको सयवटा प्रकासण गृहका ६ हजार भन्दा बढि शिर्षकका पुस्तक खरिद गरेको छ । प्रदर्शनीमा साझाका आफ्नै एक हजार चार सय शीर्षकका पुस्तक समेत प्रदर्शनी गरिरहेको छ । प्रदर्शनीमा महाकवि लक्ष्मी प्रसाद देवकोटा, विपि कोइराला, डायमण्ड शमशेर, पारिजात , रामराजा प्रसाद सिंह, लेखनाथ पौडेललगायतका स्रष्टाहरुको हजारौं पुस्तक राखिएको छ ।
प्रदर्शनीमा राखिएका पुस्तकहरुमा ९ देखि ८० प्रतिशतसम्मको छुटमा दिइएको छ । प्रदर्शनी मंसिर २३ गतेसम्म सञ्चालन हुनेछ ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्