विराटनगरमा पुर्वाञ्चल खेल महाकुम्भ हुने

विराटनगरमा पुर्वाञ्चल खेल महाकुम्भ हुने

पुर्व क्षेत्रमा खेलकुदको विकासमा टेवा पुग्ने गरि विराटनगरमा खेलकुद महोत्सव आयोजना हुने भएको छ । ‘राष्ट्रका लागि खेलकुद, प्रतिभाशाली खेलाडी मोरङको सान, अनुशासित युवा हाम्रो अभियान’ भन्ने नाराका साथ प्रथम मोरङ जिल्ला खेलकुद महोत्सव आयोजना गरिने भएको छ । प्रतियोगिताको आयोजक मोरङ जिल्ला खेलकुद विकास समितिले विहिबार विराटनगरमा पत्रकार सम्मेलन आयोजना गरि सो जानकारी दिएको हो ।
लामो समययता खेलकुद गतिविधिमा शुन्य रहेको विराटनगरमा खेलकुद महोत्सव हुन लागेको खबरले यहाँका खेलाडि, प्रशिक्षक तथा दर्शकहरुमा खुसि छाएको छ । खेलकुद महोत्सव माघ १ गतेदेखि १५ गतेसम्म सञ्चालन गरिने आयोजकले सार्वजनिक गरेको विज्ञप्तीमा उल्लेख छ । महोत्सवको उद्घाटन पुस ५ गते खेलकुद मन्त्री गोपी अछामीले गर्ने तय भएको आयोजकहरुले पत्रकार सम्मेलनमा जानकारी दिए । आयोजकहरुको अनुसार प्रतियोगिता सहिद मैदान, कवर्डहल, टेनिसहललगायतका स्थानहरुमा आयोजना हुनेछ । महोत्सवमा फुटबल, भलिवल, कुस्ती, ब्याडमिन्टन, कबडीलगायतका ३१ वटा खेलकुदहरु आयोजना गरिने भएको छ । प्रतियोगिताबाट आगामी फाल्गुन देखि बुटबलमा आयोजना हुने छैठौं राष्ट्रिय खेलकुद प्रतियोगिताको लागि यस क्षेत्रका खेलाडिहरु समेत छनौट गरिने आयोजकले जानकारी दिएको छ । आयोजक समितिका अध्यक्ष जितेन्द्र मोहराले पत्रकार सम्मेलनमा बोल्दै महोत्सवले यस क्षेत्रका खेलाडिलाई खेलकुदमा लाग्न अझ प्रेरित गर्दै लाने विश्वास व्यक्त गरे । उनले महोत्सवमा उत्कृष्ठ हुने खेलाडिहरुलाई पुर्वाञ्चलका विभिन्न जिल्लाहरुमा हुने प्रतियोगिताहरुमा सहभागी गराइने बताए ।
मोहराले १७ लाख ८हजार पाँच सय पचासी रुपैयाको खर्चमा आयोजना गर्न लागिएको महोत्सबका लागि हालसम्म राष्ट्रिय खेलकुद परिषदबाट तिन लाख रुपैयामात्र विनियोजित भएको भन्दै थप रकम अपुग भएको बताए । अपुग रकम सहयोग गर्नका लागि उनले यस क्षेत्रका व्यापारी, उद्योगी, सरकारी कार्यालयलगायतका सरोकारवालाहरुसँग सहयोगको अपिल गरे ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्