किरांत धर्मालम्बीहरुको उधौली पर्व सुरु

किरांत धर्मालम्बीहरुको उधौली पर्व सुरु

विराटनगर २४ मंसिर । आदिवासी किरांत समुदायका राई, लिम्बु, याख्खा तथा सुनुवारहरुको उधौली पर्ब शनिबारबाट शूरु भएको छ । किरांत राईहरुले साकेला, लिम्बुहरुले चासोक तङनाम, याख्खाहरुले चास्वा तथा सुनुवारहरुले फोलस्यादरका नाममा यो पर्ब मनाउने गर्दछन् । यसैबिच किरात समुदाय विराटनगरले शनिबार सकेला सिली ,च्याब्रुङ्ग केलाङ्ग जनजाती पहिचान झल्कने भेषभुषा सहित नगरपरिक्रमा गरेको थियो ।  समुदायले यस पर्वलाई सप्ताहव्यापी रुपमा मनाउने जनाएको छ । किरात समुदायले साकेला थान बिराटनगर १५ पिचरामा उधौली पर्बका अवसरमा रत्तदान जिवनदान रत्तदान गरौँ स्वस्थ्य बनौँ भन्ने नाराका साथ रक्तदान कार्यक्रम पनि गरेको छ । सो अबसरमा मोरङका प्रमुख जिल्ला अधिकारी तारानाथ गौतमले नेपालमा सबै जातजातीले सम्मानपुर्वक आफनो धर्म संस्कृती मनाउन पाउने अधिकार भएकाले कसैले पनि धर्म प्रतिभेदभाव गर्न नहुने बताउनु भताउनु भयो । उहाले उधौलीको अबसरमा शुभकामना सन्देश दिदै अब आउने भावी पिडीहरुलाई पनि किरात धर्म सम्बन्धी शिक्षा सिकाउनु पर्ने धारणा राख्नु भयो ।  उधौलीको अबसरमा किरात राइ यायोख्खा दानबहादुर राइ स्मृती छात्रबृत्ति कोषले यसबर्षको एसएलसी परीक्षामा बिराटनगरबाट सामुदायिक बिद्यालयतर्फ सर्बाेत्कृष्ट अंक ल्याउने २ बिद्यार्थीलाइ जनही ५हजार एक रुपैयां सहित कदर पत्र प्रदान गरिएको थियो । सम्मान गरिएको छ । सम्मानित हुनेमा जनपथ माबि  बिराटनगरका  शेरबहादुर राइ र सत्यनारायण उच्च माबिकी एनीजुनी राई रहेका छन ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्