टुरिज्म विकासका लागि होम स्टे बनाउनु पर्ने

टुरिज्म विकासका लागि होम स्टे बनाउनु पर्ने

 नेपालको ग्रामिण क्षेत्रमा होम स्टेलाई थप मजवुद बनाउन सके मात्र स्थानिय स्तरमा पर्यटन प्रवद्धन गर्न सकिने सरोकारवालाहरुले बताएका छन् ।  आज विराटनगरमा  नेपाल पर्यटन बोर्डको आयोजनामा सुझाव संकलनका लागी स्थानिय स्तरमा गरिने एजेण्डाका छलफल कार्यक्रममा उनिहरुले सो कुरा बताएका हुन् । पर्यटन उद्योगलाई राष्ट्रिय प्राथमिकता प्राप्त उद्योगको रुपमा मान्यता दिने सम्वन्धमा गठित उच्च स्तरीय समितीको राय सुझाव संकलनका बारेमा सर्वप्रथम पर्यटन उद्योगको परिभाषा स्पस्ट हुनु पर्ने समेत उनिहरुले  बताएका छन् ।  साथै होटल व्यवसायीहरुलाई राष्ट्र बैकबाट अनुमति प्राप्त वाणिज्य वैंक, हालै स्थपना भएको पर्यटन विकास वैंकबाट सरल र सहुलियत व्याज दरमा ऋण उपलब्ध गराउनु पर्ने होटल तथा लज व्यवसायी संघ ईटहरीका अध्यक्ष देवी गौतमले बताउनु भएको थियो । पर्यटनलाई राष्ट्रिय मान्यता प्रदान गरि संरक्षित  र विशेष क्षेत्रको रुपमा विकास गरिनु पर्ने हसिना सिमसार  क्षेत्र सुन्दपरका प्रतिनिधी राजकुमार राईले बताउनु भयो । सो कार्यक्रममा विभन्न ट्राभल्स एजेन्सी, होटल व्यावसायी, सञ्चारकर्मी लगायत पर्यटन सम्बन्धी प्रतिनिधीहरुले छलफलका विषयमा बोलेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्